Monday, January 31, 2011

गजल - होला

म मरेको पल उ खुशी हुन्छ होला
त्यो मृत शरीर आएर छुन्छ होला ।

पोल्छ होलानी पीडाले उसलाई
अनुहार छोपी त्यही रुन्छ होला ।

निष्ठुरी छ भन्दै मेरो नाम जपी
सबै यादहरु गंगामा धुन्छ होला ।

सकिन पाउन मायाको सामिप्य
सम्झेर मलाई दुई कान थुन्छ होला ।

वियोगमा जलेर खरानी भएसी
सकियो कल्पना भनेर सुन्छ होला ।

Friday, January 28, 2011

गजल -

कति घूँट आँसुका पिएँ जिन्दगीमा
टालो सधै मनको सिएँ जिन्दगीमा ।

हेर्ने लाई रमिता भयो नजरको
बिना टिकट् खालीशो दिए जिन्दगीमा । 

सक्छु भन्दै बढेका मेरा यि पाईला
लक्ष्य सम्म नपुगी खिए जिन्दगीमा । 

बालेको थिँ आशाको दियो चारैतिर
काला रात अझै नी थिए जिन्दगीमा ।

पीर बेथा लुकाई मन भित्रभित्रै
हाँस्नु पर्ने बाध्यता लिए जिन्दगीमा ।

जिन्दगीमा(गजल )

कति घूँट आँसुका पिएँ जिन्दगीमा
टालो सधै मनको सिएँ जिन्दगीमा ।

हेर्ने लाई रमिता भयो नजरको
बिना टिकट् खालीशो दिए जिन्दगीमा । 

सक्छु भन्दै बढेका मेरा यि पाईला
लक्ष्य सम्म नपुगी खिए जिन्दगीमा । 

बालेको थिँ आशाको दियो चारैतिर
काला रात अझै नी थिए जिन्दगीमा ।

पीर बेथा लुकाई मन भित्रभित्रै
हाँस्नु पर्ने बाध्यता लिए जिन्दगीमा ।

Thursday, January 27, 2011

पिरै पिर{गजल }

पीरै पीरको जिन्दगी यो खप्ने होला कति बेर
भीरै भीरको यात्रा मेरो खस्ने होला कति बेर ।

सकिए कि अब भन्छु झन बढि उर्ली आयो
रुमलिएको यो तालमा फस्ने होला कति बेर ।

एक पछि अर्को चोट दैबले के लेखे छन
भाग्य लाई दोष दिँदै बस्ने होला कति बेर ।

रेटिएको मन मेरो अझै घाउ उस्तै थियो
नयाँ छुरा ल्याई फेरी धस्ने होला कति बेर ।

पुग्यो होला मेरो पालो दुःख कति सहनु है
डोरी लगाई घाटीमा कस्ने होला कति बेर ।

म भित्र {गजल}

म को हो भन्दै आफ्नो चित्र कोर्न मनलाग्यो
म भित्र भा'को कलाको ढोका फोर्न मनलाग्यो ।

गजल गीत कविता पाउना थाले आफुमा
साहित्यको प्रेम गंगा त्यसै सोर्न मनलाग्यो ।

मिठा भाव र मार्मिक बिचार हरु झिकेर
शब्द जाल जसरी रंग भोर्न मनलाग्यो ।

यो मनको बेथाहरु संगाली पूर्ण रुपले
तिनको एउटा नयाँ मूर्ति जोर्न मनलाग्यो ।

म को हो भन्दै आफ्नो चित्र कोर्न मनलाग्यो
म भित्र भा'को कलाको ढोका फोर्न मनलाग्यो ।

Wednesday, January 26, 2011

gajal- naya nepal

लोड सेडिङले देशको गर्नु विकाश गर्छ है
पारि जनता मारमा आफ्नो खल्ती भर्छ है ।

आज बन्द भोली बन्द हड्ताल र जुलुस छ
रात भरी बत्ति छैन यो अन्धकार सर्छ है ।

जागिर छैन महंगीले नेताहरु राज गर्ने
सोझा जनताहरु नि गरीबीमा चै मर्छ है ।

नयाँ नेपाल ल्याएर झन धेरै दुःख भो
एस्तै भयो भने त देश लाई गाह्ो पर्छ है ।

बुझेर नि किन होला सबले मौन राखेको
बन्द ओठले नेपाल कतिाजेल चर्छ है ।

Tuesday, January 25, 2011

मुना {कविता}

हिजो म
मुना थिएँ
विस्तारै कोपिला भई
फकर््रने प्रयास गर्दा
बैरी हुरी आएर
मेरो कोमल अस्तित्व माथि
बज्रपात गर्न खोज्यौ
म रोए कराए
तर मेरो ह्दयको
चित्कार सुन्ने कोही भएन
म पनि
यो सुन्दर संसार
अनि सुन्दर यहाँको दृश्य
हेर्न चाहन्थे
भमरालाई आफ्नु
वरीपरी घुमेको हेर्दै
सूर्यको किरण संग
लुकामारी खेल्न चाहँन्थे
म पनि बसन्त संग
हाँसेर रमाउन चाहन्थे
मेरो फुलको मगमग वासना
बगैचा भरी र्छना चाहन्थे
कोयली को सुमधुर
संगीतको आनन्द
लिन चाहन्थे
तर मलाई मुना मै
निमोठेर मिलकाई दिएँ
मैले केही पाप गरे जसरी
म त यो सुन्दर संसार लाई
फकि्रएर हेर्न चाहन्थे
तर मेरो गल्ती बिना
मलाई मेरो बोट बाट
मुना मै मेरो अस्तिस्व मेटियो
मलाई माटोमा मिलकाई दियौं
किन
यसको प्रश्नको उत्तर के छ
मेरो गल्ती के थियो
गल्ती थियो मेरो त्यो बोटको
जस्ले आफ्नो इज्जतमा आँच आउँछ भनेर
मेरो अस्तित्व मेटेर आफु
महान बन्न खोज्यो
के यो अपराध होईन
के मुनालाई पलाउन न दिएर
मुना मै निमोठनु ठीक होला
यो मेरो प्रश्न सम्पूर्ण ती
बोटहरुलाई जस्ले
आफ्नो गल्तीको सजाएँ
किन दिन्छ ती कलिला मुनाहरुलाई
प्यारा मुनाहरुलाई


कल्पना अवस्थी
क्यानडा

kabita - danab

नआउ
मेरो समिप
तिम्रो आगमनले
मुटो पोल्छ मेरो
एकै पल
तिमीलाई देख्दा
मेरो मस्तिष्कले
तिम्रो तस्विर
र्कोछ र
त्यो तस्विर
भित्रको त्यो
अनुहार देखेर
मेरो आत्मा
र शरीर दुबै
छिया छिया
पार्छ तिम्रो त्यो
कालो अपराधी
अनुहार
जसमा
लुकेको छ
तिम्रो त्यो
घिनलाग्दो
ब्यक्तित्व
बाहिर बाट हेर्दा
तिमी जती
आर्दशवान देखिन्छौ
जति धेरै नारीको
विषयमा बोल्छौ
त्यो सबै भ्रमजालो
मात्र रहेछ आज सम्म
तिमीलाई
धेरैले पुजे होलान
तर तिम्रो त्यो
दानवी रुप
अनुहार
मैले देखेकी छु
हो तिमी दानव नै हो
मानव को भेषमा
लुकेको एउटा
डरलाग्दो पशु
जस्ले म जस्तो
कोमल कान्तिलाई
नष्ट पार्यौ
नारीहरुको
उत्थानको कुरा गर्दै
नारीको अस्मिता
कुल्चेर हिड्न खोज्यौं
जस्ले बजारमा
मेरो मुल्य तोकेर
मलाई पशु सरी बेच्यो
मान्छे पनि अब
तिमीहरुले
किन्ने बेच्ने
बस्तु बनायौं
तिमी जस्ता दानवरुपी
मानवहरुले ।

Monday, January 24, 2011

gajal- maya mero


कतै मेरो विश्वास , टुट्ने पो हो की
डर लाग्छ हाम्रो माया ,छुट्ने पो हो की ?


सम्हालेर राखेको छु ,माया को चिनो
शिशा सरी चर्केर त्यो ,फुट्ने पो हो की ?

लोभी आँखा लगाएर, हाम्रो मायामा
बजारको माँझमा नै ,लुट्ने पो हो की ?

सधै भरी साथ दिने ,मेरो चाहना
संसारको नियमले , भुट्ने पो हो की ?

तिमि बिना यो कल्पना, बाँकी हुँदैन
भन्ने थाहा पाएँर सबै ,जुट्ने पो हो की ?

janta - gajal

सहने पनि सिमा हुन्छ, अत्याचार गरे पछी
जनताको त्यो रिसमा ,कहिलेकाँही पारी हेर ।

हजारौको आशा लाई ,माटोमुनी गाढछौ रे
आर्दशको त्यो मुखौटो , कहिलेकाँही झारी हेर ।

जनताले भोट दिई, बनेका हौ नेता तिमी
गरिबीको गाँउघर ,कहिलेकाँही चारी हेर ।

महलको सुखमात्र ,किन रोज्छौ तिमी सधै
नुन संग पानी पिउँदै, कहिलेकाँही टारी हेर ।

भाषणमा होईन अब, काम पनि गर्नु पर्यो
राम्रो काम गरी देश , कहिलेकाँही सपारी हेर .

gajal- bikash

देशले नयाँ बिकाश माँगी रहेछ
जलश्रोतले निकाश माँगी रहेछ ।

मंहगीले जनता मारिदो छ
गरिब आफ्नो त्यो लास माँगी रहेछ ।

पैसा नभई हुँदैन उपचार
बिरामीले दुई साँस माँगी रहेछ ।

उड्न देउ मलाई बन्धन तोडी
पंक्षी खुल्ला आकाश माँगी रहेछ ।

विदेशीने नेपाली अब सकिए
युवाँ जमात नयाँ आश माँगी रहेछ ।

बिशबास - गजल

कतै मेरो विश्वास टुट्ने पो हो की
हाम्रो माया बीचतिरै छुट्ने पो हो की

सम्भालेर राखेको माया को चिनो
शिशा सरी चर्केर त्यो फुट्ने पो हो की

लोभी नजर राखेर हाम्रो मायामा
बीच बजारमा त्यसै लुट्ने पो हो की

Sunday, January 23, 2011

gajal khusi

समेट्न खोज्छु खुशी उती नै पॊखिन्छ किन
बाढ्न चाहन्छु हाँसो जति ओठ रोकिन्छ किन

धेरै भयो मन मनै आत्मा जलाई बसेको
आफ्नै आत्मा पनि भाग्य संग ठोकिन्छ किन

बाध्य भएकी छु यो मन सधै दुखाउन लाई
पाइला पाइलामा आँसु तिरस्कार भेटिन्छ किन

नौलो जीवनको आशा गर्नु के मेरो भुल हो
लेखीएको तिम्रो नाम पनि त्यसै मेटिन्छ किन

समेट्न खोज्छु खुशी उती नै पॊखिन्छ किन
बाढ्न चाहन्छु हाँसो जति ओठ रोकिन्छ किन

gajal - pida

पीडा पखाली परेली भिज्याँएर
गरेको थेँ बिदा ह्दय फिँजाएर

आशा थियो फर्केर आउने छौ
तर गयौं है मलाई गिजाँएर

बन डढेको देखॆछ नि सबैले
मन जलेको दिन्छ को निभाँएर

भ्रम मायाको पालनु भन्दा त
ठीकै गर्यौ नि सपना ब्यूँझाएर

Saturday, January 22, 2011

gajal yatra

जीवन यात्रामा , कति यात्री भेटिन्छ
कोही याद हुन्छ कति त्यसै मेटिन्छ ।

जीवनको गति सक्दैन रोक्न कोही
आज यहाँ छौ त भोली कहाँ फेटिन्छ ।

सफर लामो छ जति नै घुम्ती होस
यात्री भए पछि त नौलो ठाँउ देखिन्छ ।

सफल त्यही हो हाँस्दै यात्रा सक्छ
हुन्छ अमर त्यो सधै नाम लेखिन्छ ।

जीवन यात्रामा कति यात्री भेटिन्छ
कोही याद हुन्छ कति त्यसै मेटिन्छ ।

गजल- निरमोहि

निर्मोहीलाई सम्झी , र्बेथै आँसु झार्नु पर्यो
कोमल मन मेरो ,छिया छिया पार्नु पर्यो

भन्दै थेँ साथीहरु , भर नपर जालीको
बैमानीले गर्दा यो, बसाँई नै सार्नु पर्यो ।

मिठा थिए सपना ,नौलो त्यो संसारको
उजाड पारी मैले ,तिनलाई मार्नु परयो ।

मेरो चर्चा गर्छ रे ,साथीहरुको माझमा
मारेर फेरी किन ,अस्तीत्व उघार्नु पर्यो ।

निर्मोहीलाई सम्झी, र्बेथै आँसु र्झानु पर्यो
कोमल मन मेरो ,छिया छिया पार्नु पर्यो ।

Friday, January 21, 2011

gajal

म को हो भन्दै आफ्नो चित्र कोर्न मनलाग्यो
म भित्रको कलाको ढोका फोर्न मनलाग्यो ।

गजल र कविता भेट्न थाले आफुमा
साहित्य प्रेम गंगा मनमा सोर्न मनलाग्यो ।

मिठा भाव मार्मिक बिचार हरु संग
शब्द जाल जसरी रंग भोर्न मनलाग्यो ।

मनको व्यथा हरु संगालेर किन हो
तिन्को एउटा नयाँ मूर्ति जोर्न मनलाग्यो ।

म को हो भन्दै आफ्नो चित्र कोर्न मनलाग्यो
म भित्रको कलाको ढोका फोर्न मनलाग्यो ।

Thursday, January 20, 2011

गीत - संझना

छोडी जाने निर्मोहीको याद किन बलझिन्छ
जति र्बिसु भन्छु झन सम्झना अलझिन्छ

जुनेली त्यो रातमा पनि अन्धकार नै देख्छु
जहाँ जान्छु तिम्रो तस्विर यो आँखामा भेट्छु
आगो सरी यो मनमा तिम्रो याद सलकिन्छ
जति र्बिसु् भन्छु झन सम्झना अलझिन्छ ।।


मेरो माया तिमीलाई काडाँ सरी बिझे छ रे
पराईको मायामा त मन मुटु भिजे छ रे
लाग्छ अब तिमी बिना जिन्दगीनै ढलकिन्छ
जति र्बिसु् भन्छु झन सम्झना अलझिन्छ ॥

छोडी जाने निर्मोहीको याद किन बलझिन्छ
जति र्बिसु् भन्छु झन सम्झना अलझिन्छ ।।

गीत - मुटु माग्यौ

मुटु  माग्यौ  तिमिले नदिउ कसरी
पीडा बढ्यो यो मनमा झनै बेसरी

निर्मोही कै संसार रैछ बुझीन नी मैले
मुटु दिई पीडा लिँदा थाहा पाए ऐैले
हिड्नु भन्यौ तिम्रो त्यो नजरमै नपरी
पीडा बढ्यो यो मनमा झनै बेसरी


तिम्रो निम्ती मैले संसार नै भुले थे
माया मेरो तिमीसंगै म त फुले थे
ओइलिये छैा भन्यौ नि भुईमै नझरी
पीडा बढ्यो यो मनमा झनै बेसरी

मुटु मागेउ तिमिले नदिउ कसरी
पीडा बढ्यो यो मनमा झनै बेसरी

खाते कबिता

खाते
हो म
खाते नै हो
एस समाज को नियम
र कानुन भनिएका ति सुक्ष्म कुराहरु संग
लड्न खोजेको थिए । तर मलाई यो
समाज मा गनिएका महापुरुषहरुले
खाते हुन बाध्य बनाए

यो समाजको सफा देखीने
सुन्दर बासना आउने
घरको कोठा सफा गर्न
अनि त्यसको फोहोरलाई
सफा गर्न मलाई प्रयोग गरे
त्यसैले मलाई सबैले फोहोरी
भन्ने गर्छन तर
तिनिहरुलाई के थाह
म बिना तिनीहरुको
त्यो फोहोरले के कर्म गरथियो
मलाई यो समाजले बनायो खाते
हो म भित्र पनि मान्छे छ
तर त्यो मान्छे को मन
मार्न बाध्य बनायो एस समाजका
नियम कानुनले
म खाते रे मेरो कुनै अस्तित्व छैन
किन छैन भनेर कस्ले गर्ने प्रश्न
अरु जसरी मेरो पनि रहर छ
तर खोई मेरो ती रहर को कदर
कस्ले गर्ने ।

मलाई घृणाले होईन मायाले हेर
मलाई पनि देउ ममताको छाया
अनि देउ त्यो मिठो आभाष
किन मलाई हुन बाध्य
बनायो खाते ।

Wednesday, January 19, 2011

song - jodu kasari

टुक्रा टुक्रा पारी यो मन म जोडु कसरी ।
तिमिले नाता तोडी दियौ म तोडु कसरी ॥

संगै जिउने मरने कसम तिमिले खाको थियौ ।
एकछिन मलाई नदेख्दा पागलसरी भाको थियौ ॥
दोबाटोमा पुगेर यो पाइला म मोडु कसरी ।
तिमिले नाता तोडी गयौं म तोडु कसरी ॥

दुई दिनको भेट हाम्रो नभएको जाति थियो ।
पराईको पछेउरीले मन तिम्रो साटी दियो ॥
दुःखै दुःख पलाएको मन म गोडु कसरी ।
तिमिले नाता तोडी गर्यौ म तोडु कसरी ॥

टुक्रा टुक्रा पारी यो मन म जोडु कसरी ।
तिमिले नाता तोडी दियौ म तोडु कसरी ॥

kalpana awasthi

Tuesday, January 18, 2011

maya yo{गीत}

पोखिएछ माया मेरो , तिमि हिड्ने बाटोमा
सम्भालछौ कि भन्थे , कुल्ची हिड्यो माटोमा

मादलु र सारंगीको ,धुन मलाई प्यारो छ
डिस्को को रमझम , यो चाहिदैन साटोमा ।

बाध्यतामा आइयो नि ,बिरानो यो मुलुकमा
मिले सधै बगाउथे ,पसिना आफ्नै पाटोमा ।

बचनले हान्छन यहाँ ,को छ आफ्नो भन्ने
आफ्न्तले नि भन्दा, पराई दुख्यो खाटोमा ।

पोखिएछ माया मेरो , तिमि हिड्ने बाटोमा
सम्भालछौ कि भन्थे , कुल्ची हिड्यो माटोमा

नेपाल

लोड सेडिङले देश ,गर्नु विकाश गर्छ है
जनता मारमा पारि ,आफ्नो खल्ती भर्छ है ।

आज बन्द भोली बन्द ,हडताल र जुलुस छ
दिनभरी बत्ति आउने , यो अन्धकार सर्छ है ।

जागिर छैन महंगीले ,नेताहरु राज गर्ने
सोझा जनताहरु त ,गरीबीमा नै मर्छ है ।

नयाँ नेपाल ल्याएर ,झन धेरै दुःख भो
एस्तै भयो भने त, देशै फेर्नु पर्छ है ।

बुझेर नि किन होला, सबले मौन राखेको
बन्द ओठले नेपाल ,कतिनजेल चर्छ है ।

गजल - फेसबुक

फेसबुक रुपी साथी ,हाम्रो घरमा बस्छ रे
सबैसंग मिलीजुली , मनभित्र पस्छ रे |

विज्ञानको सन्जालले ,सबैको मन मख्ख छ
गर्छन हेर दुरुपयोग, यसरी नै कस्छ रे ।

साथी भाई इष्टमित्र , भित्र पनि षडयन्त्र
अरुको रुप लिएर , कुकिर्ती मा धस्छ रे ।

प्रयोग गर्रौ विज्ञान , दुरुपयोग हैन है
खाल्टो खने अरुलाई , आफै त्यहा खस्छ रे ।

फेसबुक रुपी साथी हाम्रो घरमा बस्छ रे
सबैसंग मिलीजुली मनभित्र पस्छ रे

Monday, January 17, 2011

गजल -

साथ जान दिदैनन एक्ला एक्लै जाने रे
बाँडी खाना पाइदैन बेग्ला बेग्लै खाने रे

विधाताले रचेको यो खेल कस्तो होला नि
सबको पालो हुनेछ आफ्नै भाग छाने रे

भन्दैन नि बुढा बुढी न त बच्चा भन्छ नै
समयको चपेटोमा आई आफै ताने रे

एक्लो पारी जोडीलाई टुहुरो पार्छ हेर है
रुवाई सबको मन निष्ठुरी झै लाने रे ।

अश्रुधारा बगाँउदा नि न पिघलिने त्यो त
मृत्यु झै सर्वशक्ति , छ्न कोही माने रे

गजल -जिन्दगी

जिन्दगीको यात्रामा यो मोड आउँदो रै छ
जिन्दगीमा मिलन बिछॊड आउँदो रै छ ।

संर्घषको जिन्दगी यो लडि लडि बाच्नु पर्ने
अगाडी नै बस्नु पर्ने सबै होड आउँदो रै छ ।

उकाली ओराली हरु आउँदा यो जिन्दगीमा
भिर पनि सम्म पार्ने त्यो जोड आँउदो रै छ ।

खोला नाला आउँदा यो जिन्दगीको यात्रा मा
पुल बिना नदी तरने यो तोड आँउदो रै छ ।

दुःख र सुखको बाढी उर्लीदा जिन्दगीमा
किनारमा नपुगदै निचोड आँउदो रै छ ।

गजल - मायाको

झल्को लाग्छ माया को, दुई आँखा बन्द गर्छु
माया को त्यो तस्वीर नै, यी आँखामा भर्छु ।

माया भनि बोलाएको, याद आउँछ दिनदिनै
तिम्रो साथ पाए पछि, सात समुद्र नी तर्छु ।

भेट हुने आशा गर्दै ,मिठा सपना बुन्दै छु
छोडी दिएँ सारा खुशी ,अब तिम्रै भर पर्छु ।

साथी संगी छुटे अब, तिम्रो माया मनै भरी
जन्मघर छोडी अब , मायाको त्यो घर सर्छु ।

सात जुनीलाई भनि ,कसम खाने आजै हो
तिमी संगै बाँच्ने छु ,माया परे संगै मर्छु ।

Sunday, January 16, 2011

पिँज्डामा हाल्यौ किन(गजल)

पंक्षी सरी उड्न खोजे, पिँज्डामा हाल्यौ किन
छोराको त्यो रहरमा, छोरी भनी फाल्यौ किन ।

अधिकार छ सबैको रे ,तर मेरो खोई कहाँ
म पनि मान्छे नै थें, डुँगा सरी गाल्र्यौ किन ।


छोरा छोरी बराबर ,भनेर के गर्छौ यहाँ
नदिबाट ल्याएको त्यो, बालुवा झै चाल्यौ किन ।

मलाई नि देउ यहाँ ,बाच्नलाई अधिकार
चौतारीमा बुढो भाको ,रुखसरी ढाल्यौ किन ।

पंक्षी सरी उड्न खोजे, पिँज्डामा हाल्यौ किन
छोराको त्यो रहरमा , छोरी भनी फाल्यौ किन

Gajal - माया जाली रै'छ

मुटुसाटे पछि थाहा पाएँ माया जाली रै'छ
सम्भालेर राखेको थि मन तर खाली रै'छ ।

ऋतु सरि बदिल्ने बानी कस्तो त्यो तिम्रो
भमरा सरी डुल्ने गर्यौ तर त्यो माली रै'छ ।

कतिदिन टिक्छ झुट यहाँ भोली थाहा हुने
महलको दियौ आश तर खरको पाली रै'छ ।

मेरो कुरा सधै थियो तिमिलाई मार्गदर्शन
साँचै होकि भन्ने गर्थे मात्र झुटो ताली रै'छ ।

मुटुसाटे पछि थाहा पाएँ माया जाली रै'छ
सम्भालेर राखेको थि मन तर खाली रै'छ ।

Friday, January 14, 2011

गजल - दोषी नारी किन

पुरुषको गल्ती हुदाँ दोषी मात्र नारी किन
सधै भरी महिला माथि दुःखको भारी किन ।

यिनीहरु गर्छन खोक्रो अधिकारको कुरा
थिचोमिचो मा राखी पार्छन बिचारी किन ।

भाषणमा बाहिर त दिन्छन सेवाभाव
घरमा नै तिनको छैन सम्झदारी किन ।

मान्नु पर्ने पुरुषको सबै कुरा साँचो यहाँ
बाध्यता मा बनाउँछन गान्धारी किन ।

पुरुषको गल्ती हुदाँ दोषी मात्र नारी किन
सधै भरी महिला माथि दुःखको भारी किन ।

Thursday, January 13, 2011

माया लगाइ तेसरी किन तरकेको हजुर{गजल}

माया लगाइ तेसरी किन तरकेको हजुर
लक्ष्य सम्म नपुग्दै किन फरकेको हजुर

यहाँ सानु कुराले नै मुटुमा माया बढछ रे
कुरानै नबुझि तेसै किन झरकेको हजुर

राम्रा लाई नै आँखा लाउने रै छ बानी यहाँ
फुलेको त्यो रुख झै किन लरकेको हजुर

तिमी बिना बाचुँला कसरी भन्नुहुन्थ्यो
नाम लिदा मात्र पनि किन सरसेको हजुर

गल्ति गरि आफुले नै मेरो मायालाई तेसै
बदनाम पारि मुटु किन थरकेको हजुर

मलाई भेट्न बेसी नझर भो{गजल}

मलाई भेट्न बेसी नझर भो
सबको आँखामा तिमी नपर भो

टाढै बाट लगाउला हाम्रो माया
छेउमै आई मुस्कान नभर भो

देउराली को त्यो चौतारीको
मिठो कुराहरु अब नगर भो

इसाराले बोलाको थियौं मलाई
आऊ नजिक पर त नसर भो

लाजले निहुरि हेर्दा तिमि तिर
मेरो लाज लाई तेसै नहर भो

सगरमाथा को सिर झुकाउन नखोज{गजल}

सगरमाथा को सिर झुकाउन नखोज
चिरा परी सक्यो देश लुकाउन नखोज ।

मेचि अनि महाकाली बग्ने यो देशमा
पानी को मुल फेरी सुकाउन नखोज ।

दाजुभाई नै लडने गर्छन हेर यहाँ
बाधिएको मुलमन्त्र फुकाउन नखोज ।


सयौं भाषा र भेष मिलि बनेको छ एक
भिन्न्ताको भाला रोपी छुटाउन नखोज ।

शन्ति को प्रतिक बनाउ नेपाल लाई
तराई हिमाल बनाई फुटाउन नखोज ।

सगरमाथा को सिर झुकाउन नखोज
चिरा परी सक्यो देश लुकाउन नखोज ।

Tuesday, January 11, 2011

उडेर पंछी सरी आकाश छुन मनथियो {गजल}

उडेर पंछी सरी आकाश छुन मनथियो
तिमि संगै बसेर मलाई रुन मनथियो ।

के गर्नु समयले साथ नदिए पछि
माया को बन्धन संगै फुन मनथियो ।

हजारौं को बीचमा तिमि एक्लै हुदा
छाया जस्तै तिमि संग हुन मनथियो ।

नयाँ परिवेश मा भेटेर तिमि संग
मनका सबै मैला हरु धुन मनथियो ।

उडेर पंछी सरी आकाश छुन मनथियो
तिमि संगै बसेर मलाई रुन मनथियो

mero aakha ko{गजल}

मेरो आँखा को नानी बनेर
छलकी गयौै तिमि पानी बनेर ।

ढुकढुक गर्ने यो मुटुमा मेरो
बास मागेउ तिमिले ज्ञानी बनेर ।

सुख जति तिमि लाई दिए
दुख लिए म त दानी बनेर

तिम्रो बचन को छुराले मेरो
आत्मा उडी सक्यो परानी बनेर

आगो लगाई मायाको चिनो मा
उडी सक्यो सबै खरानी बनेर

मेरो सपनिमा तिमी आउने नगर
दुखको बादल बनी छाउने नगर ।

मायामुखी मीठो गीत रचेको थिए
नमिठो धुन भरेर गाउने नगर ।

तर्किएर हिडेका थियौं बगर पुग्दा
तिर्खा मेटीएन भन्दै धाउने नगर ।

अबिश्वास को मुखौटो ओढेर तिमी
साँचो भाषण फेरी लाउने नगर ।

हाँगै भाँची दियौ माया फूलेको
पलाउँछ फेरी भन्दै समाउने नगर ।

Monday, January 10, 2011

nepal

नेपाल मा संसार को सुन्दता भरिएको छ
तर किन हाम्रो देशमा विपत्ति छरिएको छ

अिहंसा परम धर्म मान्ने हाम्रो देश मा
किन होला सधै भरी विद्रोह गरीएको छ ।

डाँफेमुनाल अनि कोयली को भाखामा पनि
खोई हाम्रो शान्ति देश भन्ने परिएको छ ।


हिउँ चुली को हिँउ पनि बगॆ भन्छन
पानी सरी नेपाली को रगत तरीएको छ ।

शान्ति को प्रतिक मान्ने हाम्रो नेपाल मा
कोलाहल को ध्वनि आज भोलि बेरिएको छ ।

नेपाल मा संसार को सुन्दता भरिएको छ
तर किन हाम्रो देशमा विपत्ति छरिएको छ

juneli raat ----------- geet

जुनली रात को त्यो शितल छाया मा
तिमीलाई रोज्दछु म तिमीलाई नै खोज्दछु ।

स्वर्ग कि परी हो धर्ती मा झरि छौ
तिम्रो त्यो सुन्दरता म सधैं सोच्दछु ।

कबि को कबिता गायक् को गीत् हौ
मेरो सङीत् होउ म तिमिलाइ नै रोज्दछु

हजारौ को तिमि मुटु को धड्कन् हौ

मेरो मुटुले तिम्रो नै सामिप्य  खोज्दछु।


जुनली रात को त्यो शितल छाया मा
तिमीलाई रोज्दछु म तिमीलाई नै खोज्दछु ।

mero sapanima aaune nagara

मेरो सपनिमा तिमी आउने नगर
दुखको बादल बनी छाउने नगर

मीठो गीत मायाको रचेको थिए
नमिठो भाकाले तिमी गाउने नगर

तर्किएर हिडेका थियौं बगर पुग्दा
तिर्खा मेटीएन भन्दै धाउने नगर

अबिश्वास को मुखौटो ओढेर तििम
साँचो भाषण फेरी लाउने नगर

हाँगै भाँची दियौ मायाको अिन
फेरी पलाउँछ भन्दै समाउने नगर

मेरो सपनिमा तिमी आउने नगर
दुखको बादल बनी छाउने नगर

atit

नया वर्ष आएको थियो सबैको मन हर्षित थिए सबैको मनमा नयाँ खुशी र उमंग थियो तर एउटा एक्लो मन एकान्तमा कही हराई रहेको थियो उसको आँखामा हेर जता ततै तिमि सागर देख्छौ । उसको ओठमा हाँसो कहि कतै भेट्दिैन जस्तै मरुभुमिमा पानी देख्न गाह्ो भएसरी उनको ओठमा हाँसो भेटिदैन मलीन अनुहार उनलाई हेरेर लाग्छ सयौ चोट खाएकी छिन उनी सर्यौ पटक उनले हजारौ एस्ता चोटहरुको सामना गरेको हुनुपर्छ । नत्र देश विदेशमा चारै तिर खुशियाली हुँदा उनको मन किन एक्लै एकान्त मा आफै सँग प्रश्न सोधी रहेको छ उनको मनको ब्यथा बुझने प्रयास गर्दै मैले उनलाई सोधे एक्स क्युज मी हजुर संग केही कुरा गर्न सक्छु भन्दै मैले परिचयको हाथ अगाडि बढाए उनले हजुर मात्र भनिन शायद उनी आफ्नै कुनै दुनियाँमा कतै कसैलाई खोजी रहेकी थिएन मैले उनको खोजी कार्यमा बाधा हाल्न खोजे जस्तै गरी हजुर यहाँ के गर्दै हुनुहुन्छ भनेर सोधे उनले मेरो प्रश्न नसुनेर हो कि वा म संग बोल्न मन नलागेर हो आफ्नु मौनता भंग गर्न चाहिनन । मैले आफ्नु प्रश्न पुनः एक पटक उनको सामु राखे उनि झसियाँग हुँदै मानौ कुनै सपना बाट ब्युझिए सरी मलाई भनिन हजुर म यहाँ कसैको प्रतिक्षामा छु । म छक्क पर्दै भने हजुर एस्तो विरानो ठाँउमा हजुरले कसलाई कुरनु भएको १ उनले म तिर हेर्दै त्यही रसिलो आँखाले मानौं म सँगनै आफ्नु प्रश्नको उत्तर खोजेसरी भनिन म मेरो अतितलाई खोज्न यहाँ आएको मेरो अतित जुन मेरो लागि सधै प्यारो छ जसको कल्पना मात्रमा म यत्तिका दिन बिताई रहेको छु । जसलाई सम्झेर मलाई खुशी र पीडा सँग सँगै हुन्छ । हो मेरो अतितका ति यादहरुलाई म भेट्न सधै यहाँ आउने गर्छु ती यादहरु समेटेर रमाँउछु अनि अन्तिम मा मलाई साहै पिडा हुन्छ आफनै संसारको कुरा मलाई सुनाई रहेकी थिइन मैले उनीलाई पुनः प्रश्न गर्ने आँट नै गर्न सकिन ।
यो कस्तो अतित होला जसमा उनी रमाउने तथा रुने सँगै गर्छिन् त्यो कुरा मलाई जान्न मन लागि रहेको थियो । तर मैले अरु केही सोध्नै सकिन ।
त्यसपछि म फर्किएर आफ्नु घरतिर लागे तर मेरो मस्तिष्कमा उनको कुरा घुमी रहेको थियो । म जान्न चाहन्थे उनको अतितको बारेमा तर उनको कल्पनाको संसार देखी बाहिर निकाल्न पनि चाहेको थिइन मैले त्यसैले होला म आफ्नु गन्तव्यतिर लम्केको । त्यसरी नै समय बितदै गयौं । म आफु टिचर पेशामा भएकोले धेरै नै व्यस्त थिएँ तर पनि उनको त्यो मलीन अनुहार र ति ठुला ठुला आँखा जस भित्र सागर अडि रहेको थियो अनि कालो लामो कपाल उनको गहुगोरी वर्णकी भएपनि सारै राम्री थिइन उनी । शायद उनको यो सुन्दरतानै अतितको कारण पो थियो की भन्ने कुरा मेरो मनमा नआएको होईन तर अन्दाज गर्नु बाहेक मेरो अरुकुनै विकल्प पनि थिएन । म त्यसदिन पछि फेरी उनीलाई भेटृन आतुरित थिए मलाई एक प्रकारको कौतुहलता जागि्रत भएको महसुश भएको थियो शायद उनको मनको बह सुननाको लागी थियो ।
म आज आफ्नु क्लास सकाएर एक्लै उनलाई नै सम्झिदै आईरहेको थिए अचानक मेरो आँखाले उनीलाई देख्यो । आज पनि उनी त्यही ठाँउमा एक्लै बसी रहेकी थिइन मलाई एक प्रकारको खुशीको अनुभव भयो खोई किन थियो त्यो आफैलाई थाहा थिएन । म उनको नजिक गएर उनीलाई हजुर आज फेरी हाम्रो भेट भयो भने तर आज पनि उनि आफ्नै संसार मा डुली रहेकी थिइन मैले आज उनलाई डिस्टर्ब गर्न चाहिन । उनको सुन्दरता र मन भित्रको पीडालाई हेदैै बसे । मलाई उनीसँग धेरै कुरा गर्नु मनलागी रहेको थियो तर कता कता म आफै सँग डराँउदै उनको सपनाको सँसार भंग गर्न खोज्दै थिएँ । तर उनी आफ्नु सँसार मा एसरी मस्त थिइन जस्तै कुनै चित्रकार आफ्नु चित्र बनाउदा हुन्छ । उनलाई व्यस्त देखेर आज पनि म उनीलाई त्यही छोडेर उनको मनको कुराको जालो बुन्दै आफ्नै गन्तव्यतिर लागे ।

नयाँ वर्ष संगै जाडो पनि बढेको थियो अनि त्यो जाडोको मौसममा म उनीलाई सम्झिदै आज एक्लै बाटोमा हिडिरहेको थिए ।
मनमा अनेक कुराको घर बनाउँदै थिए र त्यो दिनको परखाई मा थिए जुन दिन मेरो मनको कौतुहलता शान्त हुनेछ । मलाई उनको बारेमा केहीपनि थाहा थिएन उनी कहाँ बस्छिन के गर्छिन को छ उनको भन्ने कुरादेखि म अन्जान थिए । हुनतः म पनि त्यो ठाँउमा नयाँ नै थिए नयाँ ठाँउ मा नया मान्छे त्यो पनि यसरी भेटिन्छ भनेर मैले कहिले कल्पना पनि गरेको थिइन । मैले उनलाई यही नयाँ ठाँउमा पहिलो पटक देखेको थिए तर उनको त्यो मन भित्रको पिडा म बुझन चाहन्थे
त्यो नयाँ ठाँउ निकै रमाइलो थियो म प्रकृति प्रेमी भएर हो कि खोई शान्त वातावरण अनि हरिया अग्लो पहाड बाट कलकल बगि रहेको झरना देख्दा मलाई अति आनन्दको अनुभूति हुन्थ्यिो । कहिले काँही यो सुन्दर दृष्यभित्र हराउन मन लागथियो मलाई यो नयाँ ठाँउको सुन्दर बातावरणले मलाई मनमुग्ध बनाएको थियो । र त्यही सुन्दरता सँगै जोडिएको थियो कसैको अतित जसको साक्क्षी थियो यो सुन्दर निलो आकाश यो हरियो डाँडा अनि यो कलकल बगी रहने झरना । हो त्यही झरना को छेउमा उनीलाई मैलॆ भेटेको थिए । कहिले काँही मलाई यिनै पहाड झरना र आकाश सँग उनको अतितको बारेमा सोधन् मन लागथियो । आज म उनको प्रतिक्षामा भनौ या यो प्रकृतिक दृष्यको अवलोकन गर्न यो ठाँउमा फेरी आइपुगेको थिए । आज उनीले उनको अतित होईन मैले चाँही उनीलाई कुर्दै थिए तर आज मेरो उनीसँग भेट भएन र कुर्दा कुर्दै मेरो समय सकिएको पनि थाहा नै भएन ।

आज मेरो छुट्टीकोदिन थियो बिहानै म उनीलाई हेर्न त्यो ठाँउमा पुगे संयोगबश आज उनी त्यही ठाँउमा बसी रहेकी थिइन । मेरो मनमा छुट्ठै किसिम को खुशिको अनुभुति भयो आज म उनको अतितको कथा सुनना चाहन्थे त्यसैले मैले नमस्ते भनेर सम्बोधन गरे उनले हजुर भन्दै कुनै अपरिचत संग बोल्न नचाँहे जस्तै गरि मतिर हेरिन । मैले अस्ति हाम्रो भेट यही भएको थियो हजुरलाई शायद सम्झना भएन
होला भनेर कुरा गर्न खोजे उनले यो सम्झना शब्द सुन्ने बित्तिकै मलाई हो सम्झना छ हाम्रो भेट भएको थियो भनिन । म अलिअलि ढुक्क भए उनले मलाई चिनेकोमा । कुरा कसरी शुरु गरु भन्ने कुराले मेरो मन तेत्तिकै विचलित थियो कतै मेरो कुराले उनको मन दुखने पो हो कि मैले हिम्मत गरेर हजुर सँग म केही कुरा सोध्न सक्छु भन्दै उनको अनुमति माँगे तर केही उत्तर आएन म अलिकति डराए कतै मलाई अन्यथा पो सोच्ने हो भन्नेकुराले तर आज केही कुरा थाह पाउन सक्छु भन्ने मलाई विश्वास लागि रहेको थियो उनको शान्त ब्यवहार देखेर । हजुर कहाँ बस्नु हुन्छ भनेर सोधे मैले म यहि पर बस्छु भन्ने छोटो उत्तर दिइन अनि हजुरको घरमा को को हुनुहुन्छ भनेर सोधे आफ्र्नु परिवारको बारेमा भन्दै थिइन उनी उनको परिवार मा उनको आमा तथा एउटी बहिनी रहेछिन । उनको बुबाले दोश्रो बिहे गरेर उनको आमालाई दुइटी छोरी सहित त्याग गरेका रहेछन । भन्छन नि जसलाई दुःख परेको हुन्छ चारैतिर बाट पहाड खस्छ भने जस्तै भएको रै ँछ उनको जिवनमा उनले आफ्नो जिवनको दुःखको दिन हरुको बारेमा आँखाभरि आँसु बनाँउदै भन्दै थिइन । एक मध्यम वर्गको परिवारमा जन्मिएको थिए म मेरो जन्ममा मेरो बुबा खुशी हुन्थ्यिो हाम्रो परिवारको माया देखेर सबैजनालकुरा गर्नेगर्थे तर आजपनि हाम्रो परिवारको चर्चा नहुने चाँहि होईन हुन्छ तर बाबुले त्याग गरेका परिवार भन्दै ।

आँखाभरी आँसु बनाउँदै उनी मलाई आफ्नो अतितको बारेमा भन्दै थिइन मलाई अझै उत्सुकता भएको थियो अझबढी जान्नको लागि
उनले भनिन हाम्रॊ यो समाज अनि समाजमा बनेको नियमहरुले गर्दा बाबुले त्याग गरेपछि हामीलाई हेर्ने समाजको दृष्टिकोणनै फरक भएको थियो पहिला आदर र सत्कारले हेर्ने आँखाहरुमा आज म घृणा र तिरस्कार देख्थे । हाम्रो समाजमा मान्छेहरुले नै अर्को मान्छेलाई विपत्तिको बाटोमा धकेली रहेको छ किन यस्तो छ हाम्रो समाज जहाँ मेरो आमाको कुनै गल्ती बिना बाबुले त्याग गरे तर बाबुलाई कसैले कुनै प्रश्न सोधेन तर मेरो आमालाई सधै हरेक किसिमको उत्तर खोज्न बिबश बनाई रहेका थिए । मेरो बाबुले हामीलाई मात्र नभई आज हाम्रो गाँउनै छोडेर नयाँ ठाँउमा बसाई सरनु भयो रे भन्ने कुरा थाहा पाए ।
मेरी आमाले दुःख गरी मलाई र बहिनीलाई पढाउँदै हुनुहुन्थ्यिो । मेरी आमाले हाम्रोलागी धेरै दुख सहदै हुनुहुन्थ्यिो तरपनि कहिले पनि हिम्मत हारनु भएको थिएन म कहिले काँही आमा सँग प्रश्न सोध्ने गर्थे बाबाले किन एस्तो गरनु भएको भनेर तर आमाको आँखामा आँसु बाहेक अरु केही देखथिन । म अब बुझने भएको थिए मैले एस।एल।सी दि सकेको थिए । अब मेरो नागरिक्ता बनाउने बेला भएको थियो म केही काम गरेर आमालाई सहयोग गर्न चाहन्थे । नागरिक्ता बनाउन जाँदा मलाई तेरो बाबु लेर आउनु भनेर मेरो नागरिक्ता बनाउन मानेनन यो समाजले गर्दा म आज सम्मपनि नागरिक्ता बिहिन छु । मलाई कसैले पनि सहयोग गरेनन यही पिरले एकदिन मेरो आमाको पनि आत्मबिश्वास कमजोर भयो र आमाले पनि हामीलाई सधैको लागि छोडेर जानुभयो । बाबुले गर्नुभएको ब्यवहार समाजको हेर्ने दृष्टिकोणले गर्दा मेरी आमाले आत्माहत्या गर्नु पर्यो । उनको मन चिरा चिरा भएको थियो मलाई आफ्नो अतित सुनाउँदा मेरो पनि आँखाबाट आँसुको धारा रोक्एिको थिएन । अब झन म माथि पहाड खसेसरि भएको थियो म र मेरी बहिनी हामी दुईजाना मात्र थिएउ मान्छेहरु सबैजनाले मौकाको फाइदा मात्र लुट्न खोज्दा रहेछन दुःखमा साथ दिने कोही नहुँदो रहेछ भन्ने कुरा मैले तेती बेला थाहा पाए जब मेरो बाबुले हामीलाई त्यागेर जानु भयो । अनि आमाले पनि हामीलाई एक्लो बनाएर सधैको लागि अरु कुनै दुनियाँमा जानु भयो । मेरो संसार मा अब म र बहिनी बाहेक अरु कोही थिएन । एकमाथी अर्को दुख परी रहेको थियो हामीलाई तर
समाजले कुरा काट्न चाँही बन्द गरेको थिएन । समाजको निति देखेर मैले त मेरो मन कठोर बनाई सकेको थिए तर मेरो बहिनीको मन सारै कमजोर थियो । यो समाजको तितो बचन सुन्न नसकेर कहिले काँही मनमा अनेकौं विस्फोटन हुनेगर्थे तर पनि बाँच्नु बाध्यता जस्तै भएको थियॊ अब हाम्रो लागि । हामी बाबु जसरी बसाँई सरन पनि सकेका थिएनौ र आमा जसरी आत्माहत्या गर्न पनि सकेनौ । उनको मनको पिडा आज बाहिर निस्किदै थियो भनछन नि जसलाई विपत्तिले घेरेको हुन्छ चारैतिरबाट विपत्तिनै आई लाग्छ भनेर मेरो पनि ठिक त्यसतै भएको थियो । आमाको मृत्यु पछि मेरो दुख देखेर एकदिन मेरी बहिनीले पनि मलाई छोडेर कत्तै गइछिन मैले उन्लाई धेरै खोजेंतर आज सम्म उनको केही खबर पाको छैन । एती भन्दै उनले मतिर हेरीन यही हो मेरो अतित म र मेरी बहिनी हामी यही ठाँउमा खेल्ने गर्थियौं हामी लाई यो ठाँउ अति नै प्यारो थियो मलाई यहाँ आएर सँसारको सबै खुशी पाएँ जस्तो हुन्छ मेरो सारै जिवन आसु बगाएर गयो तर मेरो परिबारसँग बिताएका यि दिनहरुको याद समेटन म यहाँ आउने गर्छु ति यादहरु को मिठो पाटो सँग म रमाउने गर्छु र त्यसको तितो पाटो सँग म रुने गर्छु उनी भन्दै गइरहेकी थिन मलाई उनको अतित जानेर आज मपनि रोइ रहेको थिए ।
………………………………………समाप्त

जिन्दगीको यात्राहरुमा कस्तोकस्तो मोड आउँदो रहॆछ
थाह नपाई जिन्दगीमा मिलन बिछॊड आउँदो रहॆछ ।

संर्घषको जिन्दगी यो लडि लडि बाच्नु पर्ने यह
सबै अगाडी बस्नु पर्ने होड आउँदो रहेछ ।

उकाली अनि ओराली को बाटोहरु जिन्दगीमा आउदाँ
भिरमा पनि सम्म खोज्नै जोड आँउदो रहेछ ।

खोला नाला आउँदा जिन्दगीको यात्रामा कहिले काँही
puल बिना नदी तरने तोड आँउदो रहेछ ।

जिन्दगीको यात्राहरुमा कस्तोकस्तो मोड आउँदो रहॆछ
थाह नपाई जिन्दगीमा मिलन बिछॊड आउँदो रहॆछ ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More