Monday, November 14, 2011

गजल ---- गुडाई रहे जिन्दगी


चुरोटको धुवाँ संगै उडाई रहे जिन्दगी
खिल्लीहरु तान्दै सब गुडाई रहे जिन्दगी

रात दिन काम संगै पिउनु पर्ने बाध्यता
नशा लाई साथी पारी चुडाई रहे जिन्दगी

आफन्तले दिएँका थेँ सुझाव धेरै चोटी नी
नमानेर आज त्यसै छुडाई रहे जिन्दगी

बेहाल भो आज मेरो कसले सुन्छ पुकार
नमर्नु न बाँच्नु पर्यो कुडाई रहे जिन्दगी

आजै बाट छोडी दिनु सबको भलो हुनेछ
यो जालीको भर परी मुडाई रहे जिन्दगी

गजल --- मिसाएर पिएँ


आँसु संगै वेदना यो मिसाएर पिएँ
सबै पीडा चौतारीमा बिसाएर पिएँ

चोटै चोट्ले भरिएको छाति भित्र मेरो
एक घुँट आज फेरी रिसाएर पिएँ

सक्ने भए दिने थिएँ खुशिहरु सारा
नसकेर दुःखी मन चिस्याएर पिएँ

निर्मोहीको सम्झनामा ब्यर्थै रुनु किन
एैना अघि आफैलाई  खिस्याएर पिएँ

कल्पना हो जिन्दगी यो कहाँ हुन्छ पुरा
यस्तै झुटा आशा हरु दिलाएर पिएँ

गजल ----- नभरन अन्त कतै


छल्कीएर आँखा बाट , नभरन अन्त कतै
पल्कीएर उनी संग, नसरन अन्त कतै

घर को हो तिमी ताज, बचाँएर हिड्ने गर
सल्कीएर आगो सरी, नपरन अन्त कतै

तिम्रो नाम को सिन्दुर, भरी सके सिँउँदोमा
टल्कीएर मोती जस्तै, नछरन अन्त कतै

बेदनाको हुरी चल्यौं ,उजाड नै पारी हेर
बल्झीएर डाली संगै ,नझरन अन्त कतै

"कल्पनाको" संसार यो, केवल तिमी हो नी
अल्झीएर माछी सरी, नतरन अन्त कतै

गजल ००००० ठुलो रै'छ पैसा


संसारमा सबै भन्दा ठुलो रै छ पैसा
आफु संग हुँदा मात्र कुलो रै छ पैसा

लिए पछि दिनु पर्छ भन्ने कुरा बिर्सी
माँग्यौ कि त आगो फाल्ने  चुलो रै छ पैसा

आफन्तमा फाँटो पारी नाता सबै चुइयो
परिवारै टाँढा पार्ने दुलो रै छ पैसा

दिँदा सम्म मात्र जाति छैन भन्दा बैरी
आँखा भित्र बिझाउने धुलो रै छ पैसा

कल्पनाको धन हो नी खाएँ पनि के भो
नबिझाउने कहिले नि फुलो रै छ पैसा

गजल ०००० मेरो फोटो हेरेर


मेरी आमा रुँदै छिन् मेरो फोटो हेरेर
रात भरी बस्छिन है छातीमा नै बेरेर

दोबाटोमा मेरा साथी भेट हुँदा कहिले
मेरै कुरा गर्छिन नी सबै लाई घेरेर

बलापन का ति दिन अझै पनि सम्झेर
हाँस्ने रुने गर्छिन कि सबै धोको फेरेर

विदेशीय मेरी आमा छाया तिम्रो छोडेर
सारा खुशी तिमीलाई दिन्छु अब फर्केर

गजल ----- कहाँ मागे तिमी संग


झिलीमिली रात मैले कहाँ मागे तिमी संग
दौलतको खात मैले कहाँ मागे तिमी संग

गरीब छैा तिमि भन्दै टाढा जाने निर्मोहीको
विश्वासमा घात मैले कहाँ मागे तिमी संग

दिनु सम्म चोट दियौं भन्न के नै बाँकी छ र
बिझाउने बात मैले कहाँ मागे तिमी संग

चोखो माया पाँइदैन किन्न लाई कतै पनि
अमुल्य सौगात मैले कहाँ मागे तिमी संग

कल्पनाको चोखो माया जूनीभरी साथ हुँदा
छोडी दिने हात मैले कहाँ मागे तिमी संग

गजल ००० आफुलाई मारी हेर


अरुलाई मार्ने हरु आफुलाई मारी हेर
जालमा सोझा पार्ने हरु आफुलाई पारी हेर ।

हजारौको आशा लाई माटोमुनी गाढछौ रे
आर्दशको त्यो मुखौटो कहिलेकाँही झारी हेर ।

जनताले भोट दिई बनेका हौै नेता तिमी
गरिबीको गाँउघर कहिलेकाँही चारी हेर ।

महलको सुखमात्र किन रोज्छौ तिमी सधै
नुन संग पानी पिउँदै कहिलेकाँही टारी हेर ।

भाषणमा होईन अब काम पनि गर्नु पर्यो
राम्रो काम गरी देश कहिलेकाँही सपारी हेर

गजल ---- बिकाश माँगी रहेछ


देशले नयाँ बिकाश माँगी रहेछ
जलश्रोतले निकाश माँगी रहेछ ।

मंहगीमा नै जनता मरेको देखिन्छ
गरिबी  हट्ने प्रकाश माँगी रहेछ ।

नभएँ पैसा हुँदैन उपचार नी
बिरामी अझै कपास माँगी रहेछ ।

उड्न देउ मलाई तोडी बन्धन
पंक्षीले खुल्ला आकाश माँगी रहेछ ।

रहर छैन विदेशी भई बाँच्नलाई
युवाँले देश मै आश माँगी रहेछ ।

गीत --- रमाईलो गाऊमा


धेरै दिनमा आईपुगे मायालु यो ठाँउमा
तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा

रमाएला खेत अनि सुन्दर ती पाटाहरु
मेला पात गर्दै कति हिडेका यी बाटाहरु
सुवास नै बेग्लै आउँछ छामी हेर्दा पाँउमा
तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा

बनै भरी लाली गुराँस मन भरी माया
जहाँ गए नी देख्छु म त गाँउको नै छाँया
बिसाँएर  भारी जति  चौतारीको छाँउमा
तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा

धेरै दिनमा आईपुगे मायालु यो ठाँउमा
तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा

गजल ---- भागी रा'छ मान्छे हेर


आफ्नै छाँया देखी पर भागी रा'छ मान्छे हेर
उमेरको पर्खाल यो नागी रा'छ मान्छे हेर

बाँच्नु यहाँ कती नै छ दुःख सुख भोगी भोगी
कमाउन खुशी कतै जागी रा'छ मान्छे हेर

तेरो मेरो गर्दा गर्दै जान्छ खेर जिवन यो
तै पनि त अझै आयु मागी रा'छ मान्छे हेर

समयको खेल हो नी थाह छ है सबैलाई
अरुलाई दिन चोट लागी रा'छ मान्छे हेर

मिलिजुली चल्नु पर्छ भन्ने सोच कस्को होला
कमजोरी खोज्दै त्यसै दागी रा'छ मान्छे हेर

गजल ---- मया के पाप हो ?


चाप हो
नाप हो

माया के
पाप हो ?

पोल्छ नी
राप हो

आगोको
ताप हो

कल्पना
छाप हो

गजल - --- नारी अब सुन्नुहोस


डराँएर बस्नु हुन्न नारी हरु सुन्नुहोस
स्वाभिमानी बन्ने बाटो आजै बाट चुन्नुहोस

हातेमालो गर्दा मात्र पुरा हुन्छ समाज यो
चेतनाको दैलो खोली नयाँ आशा बुन्नुहोस

कमजोर छैन नारी हौसलाको प्रतिक हो
आत्मबल घटाउने दृष्टिकोण थुन्नुहोस

नारी शक्ति संसारमा सर्वपि्रय बनेकी छ
सक्दिन यो भन्ने कुरा दिदि बैनी भुल्नुहोस

मदर टेरिसा ले झै सेवा गरौं दुखियाको
सेवाभाव सबै माँझ मिलाएर गुन्नुहोस

गजल ००० कसरी पो तिमी संग


कसरी पो तिमी संग माया बस्यो काले
तिमीलाई भेट्न जाँदा गाली गर्थे बा ले

कालिकाको मन्दिरमा खाको बाचा कसम
अब छिट्टै भेट कान्छा चढाउला भाले

लुकीलुकी नभेट्नु नी डराउँदै अब
समाज ले हामीलाई धेरै बेर चाले

सल्लाघारी बन पाखा तिमी संग डुल्दै
सन्काउदै आँखा दुबै माया प्रेम पाले

ढुंगे धारा पँधेरीमा पानी लिन जाँदा
लजाँउदै हेर्ने हुँदा गाँग्री पनि फाले

गजल --- चेला देखे मैले


गुरु लाई शिक्षा दिने चेला देखेँ मैले
बुद्धिजिबि भनाउदाका भेला देखेँ मैले

अरुलाई होँच्याउन हुन्न भन्ने हरु
आफै अघि सरि बोल्ने बेला देखेँ मैले

सबै लाई दिऊ मौका भन्ने को छ यहाँ ?
रमीता नै पारी दिने मेला देखेँ मैले

जान्ने हरु गम्मक रे नजान्ने पो चम्के
एक माथी अर्को भारी खेला देखेँ मैले

बदलियो 'कल्पना'को सोच सबै यहीँ
जाल बुन्दै दिएका ती झेला देखेँ मैले

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More