Monday, November 14, 2011

गजल ---- भागी रा'छ मान्छे हेर


आफ्नै छाँया देखी पर भागी रा'छ मान्छे हेर
उमेरको पर्खाल यो नागी रा'छ मान्छे हेर

बाँच्नु यहाँ कती नै छ दुःख सुख भोगी भोगी
कमाउन खुशी कतै जागी रा'छ मान्छे हेर

तेरो मेरो गर्दा गर्दै जान्छ खेर जिवन यो
तै पनि त अझै आयु मागी रा'छ मान्छे हेर

समयको खेल हो नी थाह छ है सबैलाई
अरुलाई दिन चोट लागी रा'छ मान्छे हेर

मिलिजुली चल्नु पर्छ भन्ने सोच कस्को होला
कमजोरी खोज्दै त्यसै दागी रा'छ मान्छे हेर

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More