Saturday, February 5, 2011

गजल

अर्को जुनी राम्रो बन्ने चोली लिई आउँछु
सबै माँझ प्यारो हुने बोली लिई आउँछु

नपरोस कसैलाई दुःखको यो भारी बोक्न
म घोडामा तिम्रो लागि डोली लिइँ आँउछु

हुने छैन भेद्भाव कसैलाई पनि अब
सबै संगै तर्न मिल्ने खोली लिई आउँछु

अन्धकार मय छन विकाशका बाटोहरु
नयाँ त्यो विहान संगै भोली लिई आउँछु

पर्खि बस दोबाटोमा सबलाई हुने गरी
शन्तिले भरिएको यो झोली लिई आउँछु

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More