Tuesday, February 1, 2011

गजल - आमा

तिम्रो लागि धेरै खुशी लिएर आउछु आमा
दुःख हट्ने सबै कुरा दिएर आउछु आमा ।

मेरै लागि भन्दै तिमी दिन रात घोटिएउ
सुख दिने पछयौरी त्यो सिएर आउछु आमा ।

विदेशीयो माटोमा खै कसलाई आफनु ठान्नु
दुई चार दिन मेरो खिएर आउँछु आमा ।

दुःख गर्दा गर्दै फेरी जाने हो कि प्राण
ममताको काँखमा नै जिएर आउँछु आमा ।

तिम्रो लागि धेरै खुशी लिएर आउछु आमा
दुःख हट्ने सबै कुरा दिएर आउछु आमा ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More