Tuesday, February 8, 2011

gajal - sahityama

आफ्नु अस्तित्व साहित्यमा देख्न चाहन्छु
बेथा मनको साहित्यमा लेख्न चाहन्छु

बोकी कलम रमाँउन थाले अब त
गीत गजलले साहित्यमा टेक्न चाहन्छु

रुँदा म संग आँसु झार्ने भए हजारौ
बेथा सबैको साहित्यमा सेक्न चाहन्छु

नयाँ किरण समेटेर यस क्षेत्रमा
काला बादल साहित्यमा छेक्न चाहन्छु

आफ्नु अस्तित्व साहित्यमा देख्न चाहन्छु
बेथा मनको साहित्यमा लेख्न चाहन्छ

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More