Tuesday, February 1, 2011

gajal - aama

तिम्रो मन दुखाएर गरेकोछु गल्ती आमा
आफ्नै मन लुटाएर भरेकोछु खल्ती आमा ।

गर्दिन भो भनेपनि मान्दैन यो मन किन
अमृतको आश गर्दै छरेकोछु विष आमा ।

आज भोली भन्दा भन्दै बित्यो हेर वर्षो दिन
घरको समस्याले गर्दा तरेकोछु खोली आमा ।

राम्रो गर्न खोजे पनि भयो हेर विचल्ली यो
अरुको त्यो फन्दामा परेकोछु आफै आमा ।

गाँउ घर को यादले सताँउदा परेदशमा
ओइलिएको फुल झै झरेकोछु त्यसै आमा ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More