Monday, February 7, 2011

gajal - Mero Rasuwa



गुराँस फुल्यो हेर लौ मेरो रसुवामा
भमरा डुल्यो हेर लौ मेरो रसुवामा ।


सुन्दर गणेश हिमाल  मुटु बनेकोछ


बादल खुल्यो हेर लौ मेरो रसुवामा ।


गोसाँई कुण्ड पवित्र थलो शिर हाम्रो

पाप नै धुल्यो हेर लौ मेरो रसुवामा ।

काफल पाक्यौ भनेर दियो सन्देश
कोइली भुल्यो हेर लौ मेरो रसुवामा ।

गुराँस फुल्यो हेर लौ मेरो रसुवामा
भमरा डुल्यो हेर लौ मेरो रसुवामा ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More