Sunday, January 16, 2011

पिँज्डामा हाल्यौ किन(गजल)

पंक्षी सरी उड्न खोजे, पिँज्डामा हाल्यौ किन
छोराको त्यो रहरमा, छोरी भनी फाल्यौ किन ।

अधिकार छ सबैको रे ,तर मेरो खोई कहाँ
म पनि मान्छे नै थें, डुँगा सरी गाल्र्यौ किन ।


छोरा छोरी बराबर ,भनेर के गर्छौ यहाँ
नदिबाट ल्याएको त्यो, बालुवा झै चाल्यौ किन ।

मलाई नि देउ यहाँ ,बाच्नलाई अधिकार
चौतारीमा बुढो भाको ,रुखसरी ढाल्यौ किन ।

पंक्षी सरी उड्न खोजे, पिँज्डामा हाल्यौ किन
छोराको त्यो रहरमा , छोरी भनी फाल्यौ किन

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More