Monday, January 17, 2011

गजल - मायाको

झल्को लाग्छ माया को, दुई आँखा बन्द गर्छु
माया को त्यो तस्वीर नै, यी आँखामा भर्छु ।

माया भनि बोलाएको, याद आउँछ दिनदिनै
तिम्रो साथ पाए पछि, सात समुद्र नी तर्छु ।

भेट हुने आशा गर्दै ,मिठा सपना बुन्दै छु
छोडी दिएँ सारा खुशी ,अब तिम्रै भर पर्छु ।

साथी संगी छुटे अब, तिम्रो माया मनै भरी
जन्मघर छोडी अब , मायाको त्यो घर सर्छु ।

सात जुनीलाई भनि ,कसम खाने आजै हो
तिमी संगै बाँच्ने छु ,माया परे संगै मर्छु ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More