Wednesday, January 19, 2011

song - jodu kasari

टुक्रा टुक्रा पारी यो मन म जोडु कसरी ।
तिमिले नाता तोडी दियौ म तोडु कसरी ॥

संगै जिउने मरने कसम तिमिले खाको थियौ ।
एकछिन मलाई नदेख्दा पागलसरी भाको थियौ ॥
दोबाटोमा पुगेर यो पाइला म मोडु कसरी ।
तिमिले नाता तोडी गयौं म तोडु कसरी ॥

दुई दिनको भेट हाम्रो नभएको जाति थियो ।
पराईको पछेउरीले मन तिम्रो साटी दियो ॥
दुःखै दुःख पलाएको मन म गोडु कसरी ।
तिमिले नाता तोडी गर्यौ म तोडु कसरी ॥

टुक्रा टुक्रा पारी यो मन म जोडु कसरी ।
तिमिले नाता तोडी दियौ म तोडु कसरी ॥

kalpana awasthi

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More