Monday, January 17, 2011

गजल -जिन्दगी

जिन्दगीको यात्रामा यो मोड आउँदो रै छ
जिन्दगीमा मिलन बिछॊड आउँदो रै छ ।

संर्घषको जिन्दगी यो लडि लडि बाच्नु पर्ने
अगाडी नै बस्नु पर्ने सबै होड आउँदो रै छ ।

उकाली ओराली हरु आउँदा यो जिन्दगीमा
भिर पनि सम्म पार्ने त्यो जोड आँउदो रै छ ।

खोला नाला आउँदा यो जिन्दगीको यात्रा मा
पुल बिना नदी तरने यो तोड आँउदो रै छ ।

दुःख र सुखको बाढी उर्लीदा जिन्दगीमा
किनारमा नपुगदै निचोड आँउदो रै छ ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More