Thursday, January 27, 2011

पिरै पिर{गजल }

पीरै पीरको जिन्दगी यो खप्ने होला कति बेर
भीरै भीरको यात्रा मेरो खस्ने होला कति बेर ।

सकिए कि अब भन्छु झन बढि उर्ली आयो
रुमलिएको यो तालमा फस्ने होला कति बेर ।

एक पछि अर्को चोट दैबले के लेखे छन
भाग्य लाई दोष दिँदै बस्ने होला कति बेर ।

रेटिएको मन मेरो अझै घाउ उस्तै थियो
नयाँ छुरा ल्याई फेरी धस्ने होला कति बेर ।

पुग्यो होला मेरो पालो दुःख कति सहनु है
डोरी लगाई घाटीमा कस्ने होला कति बेर ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More