Monday, January 31, 2011

गजल - होला

म मरेको पल उ खुशी हुन्छ होला
त्यो मृत शरीर आएर छुन्छ होला ।

पोल्छ होलानी पीडाले उसलाई
अनुहार छोपी त्यही रुन्छ होला ।

निष्ठुरी छ भन्दै मेरो नाम जपी
सबै यादहरु गंगामा धुन्छ होला ।

सकिन पाउन मायाको सामिप्य
सम्झेर मलाई दुई कान थुन्छ होला ।

वियोगमा जलेर खरानी भएसी
सकियो कल्पना भनेर सुन्छ होला ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More