Friday, January 14, 2011

गजल - दोषी नारी किन

पुरुषको गल्ती हुदाँ दोषी मात्र नारी किन
सधै भरी महिला माथि दुःखको भारी किन ।

यिनीहरु गर्छन खोक्रो अधिकारको कुरा
थिचोमिचो मा राखी पार्छन बिचारी किन ।

भाषणमा बाहिर त दिन्छन सेवाभाव
घरमा नै तिनको छैन सम्झदारी किन ।

मान्नु पर्ने पुरुषको सबै कुरा साँचो यहाँ
बाध्यता मा बनाउँछन गान्धारी किन ।

पुरुषको गल्ती हुदाँ दोषी मात्र नारी किन
सधै भरी महिला माथि दुःखको भारी किन ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More