Tuesday, January 25, 2011

मुना {कविता}

हिजो म
मुना थिएँ
विस्तारै कोपिला भई
फकर््रने प्रयास गर्दा
बैरी हुरी आएर
मेरो कोमल अस्तित्व माथि
बज्रपात गर्न खोज्यौ
म रोए कराए
तर मेरो ह्दयको
चित्कार सुन्ने कोही भएन
म पनि
यो सुन्दर संसार
अनि सुन्दर यहाँको दृश्य
हेर्न चाहन्थे
भमरालाई आफ्नु
वरीपरी घुमेको हेर्दै
सूर्यको किरण संग
लुकामारी खेल्न चाहँन्थे
म पनि बसन्त संग
हाँसेर रमाउन चाहन्थे
मेरो फुलको मगमग वासना
बगैचा भरी र्छना चाहन्थे
कोयली को सुमधुर
संगीतको आनन्द
लिन चाहन्थे
तर मलाई मुना मै
निमोठेर मिलकाई दिएँ
मैले केही पाप गरे जसरी
म त यो सुन्दर संसार लाई
फकि्रएर हेर्न चाहन्थे
तर मेरो गल्ती बिना
मलाई मेरो बोट बाट
मुना मै मेरो अस्तिस्व मेटियो
मलाई माटोमा मिलकाई दियौं
किन
यसको प्रश्नको उत्तर के छ
मेरो गल्ती के थियो
गल्ती थियो मेरो त्यो बोटको
जस्ले आफ्नो इज्जतमा आँच आउँछ भनेर
मेरो अस्तित्व मेटेर आफु
महान बन्न खोज्यो
के यो अपराध होईन
के मुनालाई पलाउन न दिएर
मुना मै निमोठनु ठीक होला
यो मेरो प्रश्न सम्पूर्ण ती
बोटहरुलाई जस्ले
आफ्नो गल्तीको सजाएँ
किन दिन्छ ती कलिला मुनाहरुलाई
प्यारा मुनाहरुलाई


कल्पना अवस्थी
क्यानडा

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More