Monday, February 7, 2011

gajal- satecha

आज भोली सम्झनाले बाटो काटेछ


किन होला निष्ठुरीले माटो साटेछ





सल्ला घारी वनभरी डुल्दै हिडेको


तिम्रो लागी ज्यानै दिन्छु भन्दै ढाँटेछ





अग्ला अग्ला महलमा रम्न थालेसी


बिृसी गाँउ पराईको जुठो चाँटेछ





याद आउँदा हेर्नु है माया सम्झेर


चिनो देको रुमाल नि त्यसै फाँटेछ





वाचा कसम नि झुटो भयो बैगुनीको


साथ छोडी कल्पनाको अन्तै आँटेछ

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More