Friday, February 4, 2011

बेथा {गजल}

मनको ब्यथा पोखु जस्तो लाग्यो
बाँकी छ कति जोखु जस्तो लाग्यो

सबैको कथा बेग्ला बेग्लै रैछ
समेटी सबै लेखु जस्तो लाग्यो

क्षणिक हाँसो मात्र हैन साथी
दुःखेको मन देखु जस्तो लाग्यो

विवश छन मेरा यात्रा हरु
सिमाना आफै तोकु जस्तो लाग्यो
मनको ब्यथा पोखु जस्तो लाग्यो
बाँकी छ कति जोखु जस्तो लाग्यो

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More