देशले नयाँ बिकाश माँगी रहेछ
जलश्रोतले निकाश माँगी रहेछ ।
मंहगीमा नै जनता मरेको देखिन्छ
गरिबी हट्ने प्रकाश माँगी रहेछ ।
नभएँ पैसा हुँदैन उपचार नी
बिरामी अझै कपास माँगी रहेछ ।
उड्न देउ मलाई तोडी बन्धन
पंक्षीले खुल्ला आकाश माँगी रहेछ ।
रहर छैन विदेशी भई बाँच्नलाई
युवाँले देश मै आश माँगी रहेछ ।