Monday, November 14, 2011

गजल ---- गुडाई रहे जिन्दगी

चुरोटको धुवाँ संगै उडाई रहे जिन्दगी खिल्लीहरु तान्दै सब गुडाई रहे जिन्दगी रात दिन काम संगै पिउनु पर्ने बाध्यता नशा लाई साथी पारी चुडाई रहे जिन्दगी आफन्तले दिएँका थेँ सुझाव धेरै चोटी नी नमानेर आज त्यसै छुडाई रहे जिन्दगी बेहाल भो आज मेरो कसले सुन्छ पुकार नमर्नु न बाँच्नु पर्यो कुडाई रहे जिन्दगी आजै बाट छोडी दिनु सबको भलो हुनेछ यो जालीको भर परी मुडाई रहे जिन्...

गजल --- मिसाएर पिएँ

आँसु संगै वेदना यो मिसाएर पिएँ सबै पीडा चौतारीमा बिसाएर पिएँ चोटै चोट्ले भरिएको छाति भित्र मेरो एक घुँट आज फेरी रिसाएर पिएँ सक्ने भए दिने थिएँ खुशिहरु सारा नसकेर दुःखी मन चिस्याएर पिएँ निर्मोहीको सम्झनामा ब्यर्थै रुनु किन एैना अघि आफैलाई  खिस्याएर पिएँ कल्पना हो जिन्दगी यो कहाँ हुन्छ पुरा यस्तै झुटा आशा हरु दिलाएर प...

गजल ----- नभरन अन्त कतै

छल्कीएर आँखा बाट , नभरन अन्त कतै पल्कीएर उनी संग, नसरन अन्त कतै घर को हो तिमी ताज, बचाँएर हिड्ने गर सल्कीएर आगो सरी, नपरन अन्त कतै तिम्रो नाम को सिन्दुर, भरी सके सिँउँदोमा टल्कीएर मोती जस्तै, नछरन अन्त कतै बेदनाको हुरी चल्यौं ,उजाड नै पारी हेर बल्झीएर डाली संगै ,नझरन अन्त कतै "कल्पनाको" संसार यो, केवल तिमी हो नी अल्झीएर माछी सरी, नतरन अन्त ...

गजल ००००० ठुलो रै'छ पैसा

संसारमा सबै भन्दा ठुलो रै छ पैसा आफु संग हुँदा मात्र कुलो रै छ पैसा लिए पछि दिनु पर्छ भन्ने कुरा बिर्सी माँग्यौ कि त आगो फाल्ने  चुलो रै छ पैसा आफन्तमा फाँटो पारी नाता सबै चुइयो परिवारै टाँढा पार्ने दुलो रै छ पैसा दिँदा सम्म मात्र जाति छैन भन्दा बैरी आँखा भित्र बिझाउने धुलो रै छ पैसा कल्पनाको धन हो नी खाएँ पनि के भो नबिझाउने कहिले नि फुलो रै छ प...

गजल ०००० मेरो फोटो हेरेर

मेरी आमा रुँदै छिन् मेरो फोटो हेरेर रात भरी बस्छिन है छातीमा नै बेरेर दोबाटोमा मेरा साथी भेट हुँदा कहिले मेरै कुरा गर्छिन नी सबै लाई घेरेर बलापन का ति दिन अझै पनि सम्झेर हाँस्ने रुने गर्छिन कि सबै धोको फेरेर विदेशीय मेरी आमा छाया तिम्रो छोडेर सारा खुशी तिमीलाई दिन्छु अब फर्...

गजल ----- कहाँ मागे तिमी संग

झिलीमिली रात मैले कहाँ मागे तिमी संग दौलतको खात मैले कहाँ मागे तिमी संग गरीब छैा तिमि भन्दै टाढा जाने निर्मोहीको विश्वासमा घात मैले कहाँ मागे तिमी संग दिनु सम्म चोट दियौं भन्न के नै बाँकी छ र बिझाउने बात मैले कहाँ मागे तिमी संग चोखो माया पाँइदैन किन्न लाई कतै पनि अमुल्य सौगात मैले कहाँ मागे तिमी संग कल्पनाको चोखो माया जूनीभरी साथ हुँदा छोडी दिने हात मैले कहाँ मागे तिमी ...

गजल ००० आफुलाई मारी हेर

अरुलाई मार्ने हरु आफुलाई मारी हेर जालमा सोझा पार्ने हरु आफुलाई पारी हेर । हजारौको आशा लाई माटोमुनी गाढछौ रे आर्दशको त्यो मुखौटो कहिलेकाँही झारी हेर । जनताले भोट दिई बनेका हौै नेता तिमी गरिबीको गाँउघर कहिलेकाँही चारी हेर । महलको सुखमात्र किन रोज्छौ तिमी सधै नुन संग पानी पिउँदै कहिलेकाँही टारी हेर । भाषणमा होईन अब काम पनि गर्नु पर्यो राम्रो काम गरी देश कहिलेकाँही सपारी ...

गजल ---- बिकाश माँगी रहेछ

देशले नयाँ बिकाश माँगी रहेछ जलश्रोतले निकाश माँगी रहेछ । मंहगीमा नै जनता मरेको देखिन्छ गरिबी  हट्ने प्रकाश माँगी रहेछ । नभएँ पैसा हुँदैन उपचार नी बिरामी अझै कपास माँगी रहेछ । उड्न देउ मलाई तोडी बन्धन पंक्षीले खुल्ला आकाश माँगी रहेछ । रहर छैन विदेशी भई बाँच्नलाई युवाँले देश मै आश माँगी रहेछ...

गीत --- रमाईलो गाऊमा

धेरै दिनमा आईपुगे मायालु यो ठाँउमा तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा रमाएला खेत अनि सुन्दर ती पाटाहरु मेला पात गर्दै कति हिडेका यी बाटाहरु सुवास नै बेग्लै आउँछ छामी हेर्दा पाँउमा तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा बनै भरी लाली गुराँस मन भरी माया जहाँ गए नी देख्छु म त गाँउको नै छाँया बिसाँएर  भारी जति  चौतारीको छाँउमा तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँउमा धेरै दिनमा आईपुगे मायालु यो ठाँउमा तोरी फुल्ने धान झुल्ने त्यही पुरानो गाँ...

गजल ---- भागी रा'छ मान्छे हेर

आफ्नै छाँया देखी पर भागी रा'छ मान्छे हेर उमेरको पर्खाल यो नागी रा'छ मान्छे हेर बाँच्नु यहाँ कती नै छ दुःख सुख भोगी भोगी कमाउन खुशी कतै जागी रा'छ मान्छे हेर तेरो मेरो गर्दा गर्दै जान्छ खेर जिवन यो तै पनि त अझै आयु मागी रा'छ मान्छे हेर समयको खेल हो नी थाह छ है सबैलाई अरुलाई दिन चोट लागी रा'छ मान्छे हेर मिलिजुली चल्नु पर्छ भन्ने सोच कस्को होला कमजोरी खोज्दै त्यसै दागी रा'छ मान्छे ...

Pages 211234 »

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More