हिजो सम्म टम्म थिएँ आज हेर खाली भएँ
पातहरु झरी गए शोभाहिन डाली भएँ
ढकमक फुल्दा खेरी लगाउँथे लोभी आँखा
पूजा गर्थे गंगा भनी अहिले त नाली भएँ
परिर्वतन समयको माँग भनि हिड्न खोज्दा
समाजले बजाँएको नमिठो त्यो ताली भएँ
घाँटी हेरी हाड निल्ने बानी गर सुनेको थेँ
धनी को त हैसियत गरिबीको गाली भएँ
कल्पनाको संसारमा सजाउन खोजेको थिँ
महल को रै छ आश भत्किएको पाली भएँ