Friday, August 12, 2011

कबिता --- म केही माँग्दै छु


दुई हात पसारी
म केही माँग्दै छु
मेरो पेट मा भोक छ
आँखा अगाडि अन्धकारले डेरा जमाएको छ
घाँटी पनि तिर्खाएको छ
हो
यो तिर्खा अजम्बरी हुँदै छ
जीवन मरणको दोसाधमा
कति धेरै रगत पिएँ
रगत पिपाँसु बनी
तर पनि मेटिएन यो प्यास
बरु दिन दिनै यस्को मात्रा बढ्यो
कुनै नशालु पदार्थ जसरी
मेरा आँखाहरुले खोजी रहेछ
मेरो शिकारलाई
मलाई पापी नभन
मैले कुनै गल्ति गरेको छैन
म अपराधी पनि होईन
म त साधारण जीव थिएँ
धरतीमा डुलेर आफ्नु आहारा खोज्ने
तर मलाई यो कुलत मा फँसाउने को हो
त्यो कुरा कस्ले खोज्ने होला
म यस रक्तकुण्ड बाट निस्किन चाहान्छु
त र
यहाँ भएका किराहरुले
मलाई तानी रहन्छन
आफैमा लिप्त पार्न खोज्छन
सधै सर्वदाको लागि
पटक पटक कोशिस गरी रा छु म
यस रक्तकुण्ड बाट निस्किन
सहयोगी हातको खोजीमा
म पुनः हात पसारी रहेछु ॥
 ·  · Share · Delete

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More