Friday, August 12, 2011

गजल --- जान्नै सकिन


मेरो गल्ति हो कि तिम्रो जान्नै सकिन
तिमी लाई मेरो सामु तान्नै सकिन

आँखा बाट मोती दाना तिमी नझार्नु
भनी राख्दा पनि मैले धान्नै सकिन

हेर्दा हेर्दै गयौं टाढा कस्को खेल हो
माया अति गर्छु भन्दा मान्नै सकिन

समयको चक्र घुम्यो रित भनेर
खराब हो कि असल छान्नै सकिन

अझै पनि तिम्रो याद आयो मनैमा
बिर्सि दिउँ ,सम्झी राँखु ठान्नै सकिन

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More