Friday, August 12, 2011

गजल -- पिरतीको डोरी


पिरतीको डोरी अलि कसेको भए
मुस्कुराई मेरो छेउ बसेको भए ।

रित्ताएर दिने थिएँ  सङ्लो माया
मेरो झोली भित्र तिमी खसेको भए । 

ईशाराले बोलाउँदा बुझेनौं किन
सुट्क्क नै यो दिलमा पसेको भए ।

सुकोमल अनुहार थिए कलीला
लाली अनि पाउडर घँसेको भए ।

कल्पनाको सागरमा कहिले तिमी
सम्हालेर आफु लाई फँसेको भए ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More