Friday, August 12, 2011

गजल --- हिस्सी परेकी


रिसाउँदा मेरी माया कति हिस्सी परेकी
उनीलाई हेर्दा लाग्छ स्वर्ग बाटै झरेकी

मन भरी माया बोँकी रिसाउँदै मलाई
ठुला ठुला पारी त्यसै किन आँखा तरेकी

भुल भए माफ गर देऊ बरु सजाय
नबोलेर म संग नि किन त्यसो गरेकी

नजरले बोलाएर आएको हुँ नजिकै
हेर कस्तो रिसाएर कति टाढा सरेकी

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More