Friday, August 12, 2011

गजल --- आँखा आँखामा


कति छन कुरा आँखा आँखामा
कति छन छुरा आँखा आँखामा

बोले पनि बात लाग्ने हेर न
भए नि अधुरा आँखा आँखामा

प्रित संग रंग भरु जस्तो छ
हुन्छ अनि पुरा आँखा आँखामा

मेरो माया जुनी भरी लाई भो
हेरौ रातो चुरा आँखा आँखामा

सधै  साथ  दिने  मेरो रहर  
हुन्छ कि टुहुरा आँखा आँखामा

कति छन कुरा आँखा आँखामा
कति छन छुरा आँखा आँखामा

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More