Friday, August 12, 2011

गीत


झरी पर्यो हेर माया पारी पट्टि गाँउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

चंचले छ बानी उन्को मोहनी छ आँखामा
लट्ठ परे लौ न म त तै मोरी को भाकामा
मुटु पनि हारे आज पिरतीको दाउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

लुकीलुकी माया लाई लजाँउछे मस्किदै
टाढा जाँदा उनी बाट बोलाँउछे झस्किदै
बसी रा' छे पर्खी अझै त्यै पुरानो ठाँउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More