Friday, August 12, 2011

गजल --- बाटो छेक्ने छैन ।


जहाँ जान्छौ जाउ तिमी, तिम्रो बाटो छेक्ने छैन
अब तिम्रो आँगनमा , कहिल्यै नी टेक्ने छैन

खुशी हुनु सधै भरी, धेरै दुःख दिए मैले
आलो राख्छु घाउ मेरो, दुखाई यो सेक्ने छैन

हुँदो होला पीडा कतै ,सम्झेर ती दिनहरु
बगी रा"छ भेल सरी ,तर पनि थेक्ने छैन

आँखा तरी नजानु है, भेट हुँदा दोबाटोमा
टाढै बाट हेर्छु बरु , नजिक त देख्ने छैन

सजाँएर जानु तिमी ,सफलता को बाटो नै
कल्पना भो जिन्दगी यो ,अब केही लेख्ने छैन

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More