Friday, August 12, 2011

गजल --- नाम दिउ आज


तिम्रो मेरो नातालाई नाम दिउँ आज
दुई मुटु एक हुने खाम दिउँ आज

पिरतीको फुलबारी सजाँउने कुनै
आकाशको ढोका खोली घाम दिउँ आज

मन मन्दिरको पुजारी नै भइसके अब
माया प्रेम बास गर्ने धाम दिउँ आज

दुनियाँको घेराबन्दी तोडी सके हेर
मुटुलाई माया गर्ने काम दिउँ आज

अंगालोमा हराँउने प्रेमीहरु माँझ
सधै भरी हुने जोरजाम दिउँ आज

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More