Friday, August 12, 2011

गजल --- के को चासो


जिन्दगी नै मेरो अब ढलेपछि के को चासो
आँसु बगी पीडा हरु गलेपछि के को चासो

दिनु पर्ने बेला साथ छोडी गयौं एकान्तमा
सम्झनाको कोसेली यो जलेपछि के को चासो

नजरको दोषी भएँ तिम्रो सामु आँउदा पनी
अन्तै आँखा डुलाएर छलेपछि के को चासो

मेरो माया नाटक भयो त्यही सम्झी मन रुन्छ
दिएँकै थेँ चोखो माया न ले पछि के को चासो

जानु थियो गै हाल्यो त फर्की फेरी धाँउछौ रे
मेरो नाम आज भोली चलेपछि के को चासो

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More