Friday, August 12, 2011

गजल -- मेरो मन दुख्छ सानु


तिम्रो मन दुख्दा सानु मेरो पनि दुख्छ नि
तिम्रो शिर  झुक्दा सानु मेरो पनि झुक्छ नि ।

दुई आत्मा मिली हामी बनेका छौं एउटै
तिम्रो खुशी संगै सानु मेरो पीर लुक्छ नि ।

नखानु है हरेस चै आई पर्दा विपत्ति
जसो आयो तेसै सानु सबै भेल सुक्छ नि ।

मिलिजूली चल्नु पर्छ काँडा सबै हटाई
जमाना नै खराब सानु मिले देख्दा थुक्छ नि  ।

तिमी मेरो साहारा हो राख्नु सधै हौसला
सबै बाधाहरु सानु संगै हुँदा फुक्छ नि ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More