Friday, August 12, 2011

गजल -- सिएकोछु मैले


फाँटेको मनलाई धेरै चोटी सिएको छु मैले
आँसुका धाराहरु धेरै चोटी पिएको छु मैले

सुन्दर संसारमा रमाउने भाग्य छैन भन्दै
मारेर खुशीहरु धेरै चोटी जिएको छु मैले

उजाड मेरो वस्ती  देखी किन भए सबै टाढा
चोटिला घाउहरु धेरै चोटी लिएको छु मैले

पाइला पनि नटेक्नु त भन्ने समाजको नीति
बढेको पाउ अघि  धेरै चोटी खिएको छु मैले

विशाल सागर झै सोच लिनु भन्ने हरु माँझ
परीक्षा सीताले झै धेरै चोटी दिएको छु मैले

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More