Friday, August 12, 2011

गजल -- बालापन


झरनाको चिँसो पानी याद आयो मलाई
हिमालको त्यो कहानी याद आयो मलाई ।

लेक बेँसी डुल्दै हिडे साथ तिम्रो पाइ
चंचले त्यो हाम्रो बानी याद आयो मलाई ।

ऐेसे‍लु र काफलको बोट हरु घुम्दै
साथी संग तानातानी याद आयो मलाई । 

साथीहरु भेटेपछि बिर्सी सबै काम
गर्थे के के नजानि याद आयो मलाई ।

लुकामारी खेल्दा खेल्दै साँझ पर्थ्यो कैल्ये
घर पुगी गाली खानि याद आयो मलाई ।

भोली देखी नहिड्ने खान्थे वाचा कसम
विहाननै खेल्न जानी याद आयो मलाई ।

रिसाएर कयौं दिन भेट् नहुदा पनि 
बोलाउँथे गल्ती मानी याद आयो मलाई ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More