Friday, August 12, 2011

गजल --- नाम उँचा पार्ने छु


बाबा आमा हजुरको नाम ऊँचा पार्ने छु
छोरी भनी हेप्नेको सेखी मैले झार्ने छु

समाजले हजुरको खुब मन दुखायो
छोरा बनी हजुरको सबै दुःख बार्ने छु

हजुरको नाम अघि समग्रमा राखेर
भेद भाव हटाउने विरुवा यो सार्ने छु

गर्न सक्छु सेवा सधै बनी राम श्रवण
छोरा बिना हुन्न केही सोच मैले खार्ने छु

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More