Friday, August 12, 2011

गजल -- अन्तै फुल्न खोजेछैा


मेरो डाली छोडी अन्तै फुल्न खोजेछौ
भमरा झै फुल माथी डुल्न खोजेछौ

बिना गल्ति दोषी भए तिम्रो आँखामा
सजाय हो यही भन्दै भुल्न खोजेछौ

अन्धकार रात सम्झी छोडी जानेले
बिहानी छ अन्त भन्दै खुल्न खोजेछौं

उजाडेर सपनाका शीष महल
नयाँ रंग जिन्दगीमा हुल्न खोजेछौं

कल्पनाको विश्वास नै भाँची सकेर
मौलाएको हाँगा खोजी झुल्न खोजेछौ

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More