Friday, August 12, 2011

गजल -- सम्झनाको डाली


सम्झनाको डाली अन्तै लर्के जस्तो छ
मेरो माया आज भोली तर्के जस्तो छ

जति माया दिँदा पनि किन होला नि
बेला बेला बोल्दा पनि झर्के जस्तो छ

मेरी काली भन्दै खुब माया देखायौं
जहिले नि  हेर्दा कोल्टे फर्के जस्तो छ

तिमी बिना को छ मेरो भनी हेर त
घाउ पारी त्यही नुन छर्के जस्तो छ

साथी भनी अरुलाई दियौं साहारा
कल्पनाको माया कतै मर्के जस्तो छ

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More