Tuesday, February 8, 2011

gajal - sahityama

आफ्नु अस्तित्व साहित्यमा देख्न चाहन्छु बेथा मनको साहित्यमा लेख्न चाहन्छु बोकी कलम रमाँउन थाले अब त गीत गजलले साहित्यमा टेक्न चाहन्छु रुँदा म संग आँसु झार्ने भए हजारौ बेथा सबैको साहित्यमा सेक्न चाहन्छु नयाँ किरण समेटेर यस क्षेत्रमा काला बादल साहित्यमा छेक्न चाहन्छु आफ्नु अस्तित्व साहित्यमा देख्न चाहन्छु बेथा मनको साहित्यमा लेख्न चाह...

Monday, February 7, 2011

gajal- satecha

आज भोली सम्झनाले बाटो काटेछ किन होला निष्ठुरीले माटो साटेछ सल्ला घारी वनभरी डुल्दै हिडेको तिम्रो लागी ज्यानै दिन्छु भन्दै ढाँटेछ अग्ला अग्ला महलमा रम्न थालेसी बिृसी गाँउ पराईको जुठो चाँटेछ याद आउँदा हेर्नु है माया सम्झेर चिनो देको रुमाल नि त्यसै फाँटेछ वाचा कसम नि झुटो भयो बैगुनीको साथ छोडी कल्पनाको अन्तै आँ...

gajal - Mero Rasuwa

गुराँस फुल्यो हेर लौ मेरो रसुवामा भमरा डुल्यो हेर लौ मेरो रसुवामा । सुन्दर गणेश हिमाल  मुटु बनेकोछ बादल खुल्यो हेर लौ मेरो रसुवामा । गोसाँई कुण्ड पवित्र थलो शिर हाम्रो पाप नै धुल्यो हेर लौ मेरो रसुवामा । काफल पाक्यौ भनेर दियो सन्देश कोइली भुल्यो हेर लौ मेरो रसुवामा । गुराँस फुल्यो हेर लौ मेरो रसुवामा भमरा डुल्यो हेर लौ मेरो रसुवामा...

Saturday, February 5, 2011

गजल

अर्को जुनी राम्रो बन्ने चोली लिई आउँछु सबै माँझ प्यारो हुने बोली लिई आउँछु नपरोस कसैलाई दुःखको यो भारी बोक्न म घोडामा तिम्रो लागि डोली लिइँ आँउछु हुने छैन भेद्भाव कसैलाई पनि अब सबै संगै तर्न मिल्ने खोली लिई आउँछु अन्धकार मय छन विकाशका बाटोहरु नयाँ त्यो विहान संगै भोली लिई आउँछु पर्खि बस दोबाटोमा सबलाई हुने गरी शन्तिले भरिएको यो झोली लिई आउ...

Friday, February 4, 2011

बेथा {गजल}

मनको ब्यथा पोखु जस्तो लाग्यो बाँकी छ कति जोखु जस्तो लाग्यो सबैको कथा बेग्ला बेग्लै रैछ समेटी सबै लेखु जस्तो लाग्यो क्षणिक हाँसो मात्र हैन साथी दुःखेको मन देखु जस्तो लाग्यो विवश छन मेरा यात्रा हरु सिमाना आफै तोकु जस्तो लाग्यो मनको ब्यथा पोखु जस्तो लाग्यो बाँकी छ कति जोखु जस्तो लाग...

Tuesday, February 1, 2011

gajal - aama

तिम्रो मन दुखाएर गरेकोछु गल्ती आमा आफ्नै मन लुटाएर भरेकोछु खल्ती आमा । गर्दिन भो भनेपनि मान्दैन यो मन किन अमृतको आश गर्दै छरेकोछु विष आमा । आज भोली भन्दा भन्दै बित्यो हेर वर्षो दिन घरको समस्याले गर्दा तरेकोछु खोली आमा । राम्रो गर्न खोजे पनि भयो हेर विचल्ली यो अरुको त्यो फन्दामा परेकोछु आफै आमा । गाँउ घर को यादले सताँउदा परेदशमा ओइलिएको फुल झै झरेकोछु त्यसै आमा...

गजल - आमा

तिम्रो लागि धेरै खुशी लिएर आउछु आमा दुःख हट्ने सबै कुरा दिएर आउछु आमा । मेरै लागि भन्दै तिमी दिन रात घोटिएउ सुख दिने पछयौरी त्यो सिएर आउछु आमा । विदेशीयो माटोमा खै कसलाई आफनु ठान्नु दुई चार दिन मेरो खिएर आउँछु आमा । दुःख गर्दा गर्दै फेरी जाने हो कि प्राण ममताको काँखमा नै जिएर आउँछु आमा । तिम्रो लागि धेरै खुशी लिएर आउछु आमा दुःख हट्ने सबै कुरा दिएर आउछु आमा...

Pages 211234 »

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More