Friday, August 12, 2011

कबिता --- म केही माँग्दै छु


दुई हात पसारी
म केही माँग्दै छु
मेरो पेट मा भोक छ
आँखा अगाडि अन्धकारले डेरा जमाएको छ
घाँटी पनि तिर्खाएको छ
हो
यो तिर्खा अजम्बरी हुँदै छ
जीवन मरणको दोसाधमा
कति धेरै रगत पिएँ
रगत पिपाँसु बनी
तर पनि मेटिएन यो प्यास
बरु दिन दिनै यस्को मात्रा बढ्यो
कुनै नशालु पदार्थ जसरी
मेरा आँखाहरुले खोजी रहेछ
मेरो शिकारलाई
मलाई पापी नभन
मैले कुनै गल्ति गरेको छैन
म अपराधी पनि होईन
म त साधारण जीव थिएँ
धरतीमा डुलेर आफ्नु आहारा खोज्ने
तर मलाई यो कुलत मा फँसाउने को हो
त्यो कुरा कस्ले खोज्ने होला
म यस रक्तकुण्ड बाट निस्किन चाहान्छु
त र
यहाँ भएका किराहरुले
मलाई तानी रहन्छन
आफैमा लिप्त पार्न खोज्छन
सधै सर्वदाको लागि
पटक पटक कोशिस गरी रा छु म
यस रक्तकुण्ड बाट निस्किन
सहयोगी हातको खोजीमा
म पुनः हात पसारी रहेछु ॥
 ·  · Share · Delete

गजल -- आउनेछु नेपालमा


न्यानो काख सम्झी आमा आँउनेछु नेपालमा
लै बरीको भाका छोपी गाँउनेछु नेपालमा

आहा कति रमाइलो थिए मेरा बालापन
गुन्यु अनि चोली फेरी लाँउनेछु नेपालमा

हिमालको छोरी हुँ म, डर के को मान्नु छ र
लेक बेसी चौरी संगै धाँउने छु नेपालमा

बनै भरी फुले होला रंगीचंगी फुलहरु
मनै हर्ने सुन्दरता पाँउनेछु नेपालमा

आफन्तको प्यारी बनी बसेकी छु सधै भरी
माया प्रेम सबै माँझ छाँउनेछु न...

गजल --- के को चासो


जिन्दगी नै मेरो अब ढलेपछि के को चासो
आँसु बगी पीडा हरु गलेपछि के को चासो

दिनु पर्ने बेला साथ छोडी गयौं एकान्तमा
सम्झनाको कोसेली यो जलेपछि के को चासो

नजरको दोषी भएँ तिम्रो सामु आँउदा पनी
अन्तै आँखा डुलाएर छलेपछि के को चासो

मेरो माया नाटक भयो त्यही सम्झी मन रुन्छ
दिएँकै थेँ चोखो माया न ले पछि के को चासो

जानु थियो गै हाल्यो त फर्की फेरी धाँउछौ रे
मेरो नाम आज भोली चलेपछि के को चासो

गीत


झरी पर्यो हेर माया पारी पट्टि गाँउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

चंचले छ बानी उन्को मोहनी छ आँखामा
लट्ठ परे लौ न म त तै मोरी को भाकामा
मुटु पनि हारे आज पिरतीको दाउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

लुकीलुकी माया लाई लजाँउछे मस्किदै
टाढा जाँदा उनी बाट बोलाँउछे झस्किदै
बसी रा' छे पर्खी अझै त्यै पुरानो ठाँउमा
माया लाई भेटे मैले कल्पनाको नाउँमा

गजल -- मेरो मन दुख्छ सानु


तिम्रो मन दुख्दा सानु मेरो पनि दुख्छ नि
तिम्रो शिर  झुक्दा सानु मेरो पनि झुक्छ नि ।

दुई आत्मा मिली हामी बनेका छौं एउटै
तिम्रो खुशी संगै सानु मेरो पीर लुक्छ नि ।

नखानु है हरेस चै आई पर्दा विपत्ति
जसो आयो तेसै सानु सबै भेल सुक्छ नि ।

मिलिजूली चल्नु पर्छ काँडा सबै हटाई
जमाना नै खराब सानु मिले देख्दा थुक्छ नि  ।

तिमी मेरो साहारा हो राख्नु सधै हौसला
सबै बाधाहरु सानु संगै हुँदा फुक्छ नि ।

गजल --- बाटो छेक्ने छैन ।


जहाँ जान्छौ जाउ तिमी, तिम्रो बाटो छेक्ने छैन
अब तिम्रो आँगनमा , कहिल्यै नी टेक्ने छैन

खुशी हुनु सधै भरी, धेरै दुःख दिए मैले
आलो राख्छु घाउ मेरो, दुखाई यो सेक्ने छैन

हुँदो होला पीडा कतै ,सम्झेर ती दिनहरु
बगी रा"छ भेल सरी ,तर पनि थेक्ने छैन

आँखा तरी नजानु है, भेट हुँदा दोबाटोमा
टाढै बाट हेर्छु बरु , नजिक त देख्ने छैन

सजाँएर जानु तिमी ,सफलता को बाटो नै
कल्पना भो जिन्दगी यो ,अब केही लेख्ने छैन

गजल -- अन्तै फुल्न खोजेछैा


मेरो डाली छोडी अन्तै फुल्न खोजेछौ
भमरा झै फुल माथी डुल्न खोजेछौ

बिना गल्ति दोषी भए तिम्रो आँखामा
सजाय हो यही भन्दै भुल्न खोजेछौ

अन्धकार रात सम्झी छोडी जानेले
बिहानी छ अन्त भन्दै खुल्न खोजेछौं

उजाडेर सपनाका शीष महल
नयाँ रंग जिन्दगीमा हुल्न खोजेछौं

कल्पनाको विश्वास नै भाँची सकेर
मौलाएको हाँगा खोजी झुल्न खोजेछौ

गजल --- नाम उँचा पार्ने छु


बाबा आमा हजुरको नाम ऊँचा पार्ने छु
छोरी भनी हेप्नेको सेखी मैले झार्ने छु

समाजले हजुरको खुब मन दुखायो
छोरा बनी हजुरको सबै दुःख बार्ने छु

हजुरको नाम अघि समग्रमा राखेर
भेद भाव हटाउने विरुवा यो सार्ने छु

गर्न सक्छु सेवा सधै बनी राम श्रवण
छोरा बिना हुन्न केही सोच मैले खार्ने छु

गजल ---रुँदीन म


आँसु झारी कमजोर हुँदीन म
तिम्रो सामु अनायासै रुँदीन म 

मेरो मन कठोर नै पार्छु बरुँ
फेरी तिम्रो त्यो तस्बीर छुँदीन म

बदनाम पारी गयौ मेरो माया
दाग तिम्रो नामको हो धुँदीन म

गाँठो पारी दियौं मेरो चोखो माया
पवित्र छ मेरो लागि फुँदीन म

माया रोपी हेरचाह नगरे सी
झरी जान्छु बिना अर्थ कुँदीन म

गजल -- सिएकोछु मैले


फाँटेको मनलाई धेरै चोटी सिएको छु मैले
आँसुका धाराहरु धेरै चोटी पिएको छु मैले

सुन्दर संसारमा रमाउने भाग्य छैन भन्दै
मारेर खुशीहरु धेरै चोटी जिएको छु मैले

उजाड मेरो वस्ती  देखी किन भए सबै टाढा
चोटिला घाउहरु धेरै चोटी लिएको छु मैले

पाइला पनि नटेक्नु त भन्ने समाजको नीति
बढेको पाउ अघि  धेरै चोटी खिएको छु मैले

विशाल सागर झै सोच लिनु भन्ने हरु माँझ
परीक्षा सीताले झै धेरै चोटी दिएको छु मैले

गजल --- हिस्सी परेकी


रिसाउँदा मेरी माया कति हिस्सी परेकी
उनीलाई हेर्दा लाग्छ स्वर्ग बाटै झरेकी

मन भरी माया बोँकी रिसाउँदै मलाई
ठुला ठुला पारी त्यसै किन आँखा तरेकी

भुल भए माफ गर देऊ बरु सजाय
नबोलेर म संग नि किन त्यसो गरेकी

नजरले बोलाएर आएको हुँ नजिकै
हेर कस्तो रिसाएर कति टाढा सरेकी

गजल --- जान्नै सकिन


मेरो गल्ति हो कि तिम्रो जान्नै सकिन
तिमी लाई मेरो सामु तान्नै सकिन

आँखा बाट मोती दाना तिमी नझार्नु
भनी राख्दा पनि मैले धान्नै सकिन

हेर्दा हेर्दै गयौं टाढा कस्को खेल हो
माया अति गर्छु भन्दा मान्नै सकिन

समयको चक्र घुम्यो रित भनेर
खराब हो कि असल छान्नै सकिन

अझै पनि तिम्रो याद आयो मनैमा
बिर्सि दिउँ ,सम्झी राँखु ठान्नै सकिन

गजल --- धेरै छन् यहाँ


शिखर चढाएर झार्नेहरु धेरै छन यहाँ
चोटमा डुबाएर मार्नेहरु धेरै छन यहाँ ।

दिनहुँ सुनि रा छु हाहाकार गुञ्जिएको ध्वनि
रगत बगाएर तार्नेहरु धेरै छन यहाँ ।

कहिले सकिने हो यो राक्षसी कारोबार अब
सिमाना खोक्राएर खार्नेहरु धेरै छन यहाँ ।

फुलको बोट हरु निमोठेर नअघाई हो की
बगैंचा रित्ताएर सार्नेहरु धेरै छन यहाँ ।

किरण थुन्न खोजे जस्तो गर्दै छन हेर
दियालो निभाएर बार्नेहरु धेरै छन यहाँ ।

गजल -- संसारमा साथी


स्वार्थी ले भरिएको संसारमा साथी
लालची नै छरिएको संसारमा साथी

आफुलाई पर्दा मात्र रहेछ नि बरै
बिजोगमा परिएको संसारमा साथी

नबुझनु कसैको नि पीडा तिमी अब
धोखा मा नै तरिएको संसारमा साथी

आफ्नु घाउ भरे पछि अरुलाई हेर
माँग्दा आफै मरिएको संसारमा साथी

किन होला जान्ने हरु घिनलाग्दा हुने
पक्षपात गरिएको संसारमा साथी

गजल -- सम्झनाको डाली


सम्झनाको डाली अन्तै लर्के जस्तो छ
मेरो माया आज भोली तर्के जस्तो छ

जति माया दिँदा पनि किन होला नि
बेला बेला बोल्दा पनि झर्के जस्तो छ

मेरी काली भन्दै खुब माया देखायौं
जहिले नि  हेर्दा कोल्टे फर्के जस्तो छ

तिमी बिना को छ मेरो भनी हेर त
घाउ पारी त्यही नुन छर्के जस्तो छ

साथी भनी अरुलाई दियौं साहारा
कल्पनाको माया कतै मर्के जस्तो छ

गजल --- आँखा आँखामा


कति छन कुरा आँखा आँखामा
कति छन छुरा आँखा आँखामा

बोले पनि बात लाग्ने हेर न
भए नि अधुरा आँखा आँखामा

प्रित संग रंग भरु जस्तो छ
हुन्छ अनि पुरा आँखा आँखामा

मेरो माया जुनी भरी लाई भो
हेरौ रातो चुरा आँखा आँखामा

सधै  साथ  दिने  मेरो रहर  
हुन्छ कि टुहुरा आँखा आँखामा

कति छन कुरा आँखा आँखामा
कति छन छुरा आँखा आँखामा

गजल --- नाम दिउ आज


तिम्रो मेरो नातालाई नाम दिउँ आज
दुई मुटु एक हुने खाम दिउँ आज

पिरतीको फुलबारी सजाँउने कुनै
आकाशको ढोका खोली घाम दिउँ आज

मन मन्दिरको पुजारी नै भइसके अब
माया प्रेम बास गर्ने धाम दिउँ आज

दुनियाँको घेराबन्दी तोडी सके हेर
मुटुलाई माया गर्ने काम दिउँ आज

अंगालोमा हराँउने प्रेमीहरु माँझ
सधै भरी हुने जोरजाम दिउँ आज

गजल -- खाली भए


हिजो सम्म टम्म थिएँ आज हेर खाली भएँ
पातहरु झरी गए शोभाहिन डाली भएँ

ढकमक फुल्दा खेरी लगाउँथे लोभी आँखा
पूजा गर्थे गंगा भनी अहिले त नाली भएँ


परिर्वतन समयको माँग भनि हिड्न खोज्दा
समाजले बजाँएको नमिठो त्यो ताली भएँ


घाँटी हेरी हाड निल्ने बानी गर सुनेको थेँ
धनी को त हैसियत गरिबीको गाली भएँ

कल्पनाको संसारमा सजाउन खोजेको थिँ
महल को रै छ आश भत्किएको पाली भएँ

गजल -- बालापन


झरनाको चिँसो पानी याद आयो मलाई
हिमालको त्यो कहानी याद आयो मलाई ।

लेक बेँसी डुल्दै हिडे साथ तिम्रो पाइ
चंचले त्यो हाम्रो बानी याद आयो मलाई ।

ऐेसे‍लु र काफलको बोट हरु घुम्दै
साथी संग तानातानी याद आयो मलाई । 

साथीहरु भेटेपछि बिर्सी सबै काम
गर्थे के के नजानि याद आयो मलाई ।

लुकामारी खेल्दा खेल्दै साँझ पर्थ्यो कैल्ये
घर पुगी गाली खानि याद आयो मलाई ।

भोली देखी नहिड्ने खान्थे वाचा कसम
विहाननै खेल्न जानी याद आयो मलाई ।

रिसाएर कयौं दिन भेट् नहुदा पनि 
बोलाउँथे गल्ती मानी याद आयो मलाई ।

गजल -- पिरतीको डोरी


पिरतीको डोरी अलि कसेको भए
मुस्कुराई मेरो छेउ बसेको भए ।

रित्ताएर दिने थिएँ  सङ्लो माया
मेरो झोली भित्र तिमी खसेको भए । 

ईशाराले बोलाउँदा बुझेनौं किन
सुट्क्क नै यो दिलमा पसेको भए ।

सुकोमल अनुहार थिए कलीला
लाली अनि पाउडर घँसेको भए ।

कल्पनाको सागरमा कहिले तिमी
सम्हालेर आफु लाई फँसेको भए ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More